बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेप्सेले कुन अंकलाई आधार बिन्दु बनाउला? (यस्तो छ प्राविधिक विश्लेषण)

बिहीबार , चैत २४ २०७८
नेप्सेले कुन अंकलाई आधार बिन्दु बनाउला? (यस्तो छ प्राविधिक विश्लेषण)

बुधबारसम्म बजारले १ सय १५ दशमवल ६४ अंक गुमाइसकेको छ। २६०० सयबाट नेप्से सूचक २४०० को आधारबिन्दुमा छ।

काठमाडौं- यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार सुरुमा केही बढेको छ। तर समग्रमा नेप्से बढ्ने आधार भने देखिएको छैन।

बुधबार अन्यदिनको भन्दा थोरै अंकले घटेर करिब दुुई अर्बको कारोबार भएको बजारलाई लिएर लगानीकर्ताहरु बजारको सकारात्मक पक्षको अपेक्षामा बसेका छन्। बिहीबार कारोबार सुरुमा केही बढेपनि अर्को साता फेरि बढ्ने आधार देखिएको छैन। प्राविधिक पक्षलाई हेर्दा २२०० को बिन्दु आधार बनाएर बढ्ने देखिएको छ। 

बुधबारसम्म बजारले १ सय १५ दशमवल ६४ अंक गुमाइसकेको छ। २६०० सयबाट नेप्से सूचक २४०० को आधारबिन्दुमा छ। लगानीकर्ताहरु सोमबारदेखि नै  २४०० को आधारबिन्दुमा रोकिएको छ। मनोवैज्ञानिक आधार २४०० को बिन्दुुबाट बजार बुधबार निकै उत्तारचढावबीच बजार सम्मालिने प्रयासमा देखिए पनि अन्तिममा बजार घट्दो क्रममा देखियो। यसले लगानकर्ताहरुले बजार प्रतिको विश्वास झनै गुमाउँदै आएका छन्।

बिहीबार त्यसको संकेत अझ देखिने छ। लगानीकर्ताहरु अहिले प्यानिक सेलिङ गरिरहेका छन्। एकअर्बको मात्र कारोबार हुन सकेको बजारमा विस्तारै लगानीकर्ताहरु भएको मूल्य पनि गुम्ने चिन्ता अहिले लगानीकर्ताहरुलाई परेकोछ। लगानीकर्ताहरु पुँजी बजारलाई कस्नेकाम मात्र भएको टिप्पणी गर्छन्। एक लगानीकर्ता भन्छन्,‘ सुरुवातदेखि नै बजारलाई पेल्ने काम भयो सेयर धितो कर्जालाई कस्नेकाम  सुुरु गरियो,  हाइरेकर्डमा पुगेको बजार एकाएक आएको गिरावटले  प्रेसर फिल भइरहेको छ।’

बजारको बढ्दो गिरावट र लगानीकर्ताहरुको मनोवैज्ञानिक अवस्थालाई हेर्ने हो भने बजार यसै गतिमा रोकिने आधार छैन। बजार लामै समयसम्म करेक्सनमा जान सक्ने पनि देखिन्छ। २४०० सयबाट बजार खस्कियो भने बजार सम्हालिन निकै प्रयास गर्नुपर्ने छ। अहिले देखिएको अर्थतन्त्रको गहिरिँदो संकट, स्रोत ब्यवस्थापनले पनि बैंकहरु आफै संकटमा परेका छन्। ‘यो अबस्थामा बजार हरियो हुनुसक्छ जस्तो मलाई लाग्दैन, यतिबेला लगानीकर्ताहरुले मन बलियो बनाउनको विकल्प छैन,’ एक लगानीकर्ताले भने।

२२०० सयको  बिन्दु अन्तिम

बजारले मनोवैज्ञानि आधार बिन्दुलाई गुमाउँदै जाने हो भने २२०० सयको आधार बिन्दु नै अन्तिम बलियो बिन्दु मानिन्छ। यस अघि पनि लगानीकर्ताहरुले २६ सयको आधार बिन्दुबाट २२०० सयको बिन्दुलाई आधार बिन्दुको बलियो बिन्दु मानेका थिए। त्यतिबेला पनि चुनावको माहोल पनि निकै आइसक्ने र राजनीतिक रुपमा पनि  पैसाको फ्लो अर्थतन्त्रको सुधारका सूचकहरुमा केही हरियाली आउन आशा सहित बजारले २२०० लाई बलियो बिन्दु तय  गर्न सक्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्।


प्रकाशित : बिहीबार , चैत २४ २०७८०५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend