शनिबार, साउन १२ गते २०८१    
images
images
images

एमालेको विरोधकै बीच बजेटमाथिको छलफल सुरु, खर्चको गाँठो फुक्ला? 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
images
images
एमालेको विरोधकै बीच बजेटमाथिको छलफल सुरु, खर्चको गाँठो फुक्ला? 

विधेयक पारित जति ढिला हुन्छ उति नै खर्चको समस्या पर्दै जाने छ। 

images

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीकै बीचमा प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७८ माथि छलफल सुरु भएको छ। 

images
images

बैठक सुरु हुनेबित्तिकै एमाले सांदहरु उठेर नाराबाजीमा उत्रिएका थिए। त्यसका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथिको छलफल अघि बढाएका छन्। 

images

बैठकमा अहिले एमालेका सांसदहरु नाराबाजी गरिरहेका छन् भने अरु सांसदहरु छलफलमा सहभागी छन्। 

गएको चारदिनदेखि बेचर्ची भएको सरकार जसरी पनि बजेट पारित पारित गराउनुपर्ने दबाबमा छ। एमालेको अवरोध हट्ने कुनै संकेत नमिलेपछि सत्तापक्षले विधेक आजै पारित गर्ने तयारी गरेको हो। 

images

आजको बैठकको कार्यूची विनियोजन विधेयक सम्बन्धिमात्र रहेको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा आजै विनियोजन विधेयकका विभिन्न विषयमाथि छलफल, छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्रीले जवाफ दिने तथा अर्थमन्त्रीले विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। 

बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विनियोजन विधेयक भदौ ३० गतेभित्रै पारित नभएपछि गएको छ दिनदेखि सरकार सार्वजनिक गर्न गर्नसक्ने अवस्थामा पुगेको छ। संविधानले नै निर्धारण गरेका बाहेकका शीर्षकमा खर्च गर्ननसक्ने अवस्था लम्बिन नदिन सरकारले आजै प्रतिस्थापन विधेयक जसरी पनि पारित गर्नेगरी अघि बढेको छ। 

विनियोजन विधेयक पारित नभएपछि हाल राज्यको ढुकुटीबाट ११ शीर्षकमा मात्र खर्च गर्न पाउँछ। संविधानले संसदको अनुमति बिना खर्च गर्न सकिने भनेर निर्धारण गरेका बाहेक कुनै पनि खर्च सरकारले पाउने अवस्था छैन। 

विधेयक पारित जति ढिला हुन्छ उति नै खर्चको समस्या पर्दै जाने छ। 


प्रकाशित : सोमबार, असोज ४ २०७८०४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend