काठमाडौं- नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव असोज १८ गते साधारणसभामा पेश गर्ने भएको हो।
साधारणसभाका लागि कम्पनीले असोज ५ देखि १८ सम्म बुकक्लोजको मिति समेत तय गरेको छ। आज सोमबारसम्म सेयर खरिद गर्ने लगानी कर्ताहरुले लाभांश पाउनुका साथै साधारणसभा भाग लिन पाउने छन्।