शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

रोकिएन सेयर बजारको घट्दो क्रम, अर्थतन्त्रमा देखिएको अवस्थाले विश्वस्त छैनन् लगानीकर्ता

images
बुधबार, चैत २३ २०७८
images
रोकिएन सेयर बजारको घट्दो क्रम, अर्थतन्त्रमा देखिएको अवस्थाले विश्वस्त छैनन् लगानीकर्ता
images
images

काठमाडौं- घट्दो सेयर बजारप्रति लगानीकर्ताले चिन्ता व्यक्त गरिरहँदा बजारमा निरन्तर ओरालो लागिरहेको छ। सातामा कारोबारको चौथो दिन पनि बजारमा गिरावट देखिएको छ। 

images
images
images

आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएको बजारमा बुधबार २३.३२ अंकको गिरावट आएको छ। २३.३२ अंकले घटेर २४२८.७५ बिन्दुमा झरेको बजारमा कारोबार रकमको अवस्थामा समेत सुधार आएको छैन। बुधबार १ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको थप गिरावटले लगानीकर्ता बजारबाट पर हुँदैछन्। अहिलेको अवस्थामा बजार प्रवेश गर्न लगानीकर्ताहरू डराइरहेका छन्। अर्थतन्त्रमा देखिएको संकटमा आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू अझै तयार नभएको पछिल्लो सेयर खरिद बिक्री रकमले पनि पुष्टि गरेको छ।

images
images

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। विश्लेषकहरूले सेयर बजारलाई अर्थतन्त्रमा हुने तलमाथि पनि प्रभाव हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। 

बजार अहिले ठोस रुपमा अघि बढ्न सक्ने आधार पनि नदेखिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेका छन्। मुख्यगरी अहिले देखिएको खराब अर्थतन्त्रकै कारणले लगानीकर्ताहरू बजार प्रवेश गर्न डराइरहेको विश्लेषकहरूको भनाइ छ।


प्रकाशित : बुधबार, चैत २३ २०७८०९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend