सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

मर्स्याङ्दी गाउँपालिकामा एकल पुरुषलाई मासिक ५०० भत्ता 

images
बिजनेस न्युज
images
images
मर्स्याङ्दी गाउँपालिकामा एकल पुरुषलाई मासिक ५०० भत्ता 
images
images

लमजुङ- मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५ सय रूपैयाँ भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।

images
images
images

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, 'पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।'

images

एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उनको भनाइ छ । 

images

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन्। गाउँपालिकाले तीन/तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताइन्। रासस

images
images

images

प्रकाशित : बुधबार, चैत २३ २०७८०७:५०
प्रतिक्रिया दिनुहोस