आइतबार, असोज ६ गते २०८१    
images
images

चोभार सुक्खा बन्दरगाह उद्‍घाटनमा निजी क्षेत्रको आवाज - रेलमार्गसँग पनि जोड्नुपर्छ

images
मंगलबार, चैत २२ २०७८
images
images
चोभार सुक्खा बन्दरगाह उद्‍घाटनमा निजी क्षेत्रको आवाज - रेलमार्गसँग पनि जोड्नुपर्छ

'बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वार प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाहभित्र व्यवस्था गर्नुपर्ने माग'

images
images

काठमाडौं- चोभार सुक्खा बन्दरगाह उद्घाटनमा निजी क्षेत्रले बन्दरगाहलाई सडक मार्ग मात्रै नभएर अब सरकारले रेल मार्गसँग जोड्नु पर्ने माग गरेका छन्। 

images
images
images

मंगलबार चोभार सुक्खा बन्दरगाह उद्घाटन कार्यक्रममा बोल्दै नीजि क्षेत्रका तीन ठूला छाता संगठनका अध्यक्षहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई चोभार सुक्खा बन्दरगाहमा रेल मार्गसँग जोड्न माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चोभार सुक्खा बन्दरगाह रेल मार्गसँग जोड्दा मात्रै बन्दरगाहको उपयोगिता बढ्ने बताए। उनले  सरकारले निकट भविष्यमा बन्दरगाहलाई रेल मार्गसँग जोड्न पहल गर्नु पर्ने बताए।

गोल्छाले चोभार सुक्खा बन्दरगाहलाई आयातको केन्द्र मात्रै नभएर निर्यातको लागि कोषेढुङ्गा सावित गर्न सक्नु पर्ने बताए। उनले काठमाडौं उपत्यकामा सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा नीजि क्षेत्र उत्साहित भएको बताए।

images

उनले भने, ‘यो बन्दरगाह आयातको लागि मात्रै नभएर निर्यातको रुपमा कोषे ढुङगा सावित हुने छ। खास गरेर साना मझौला उद्योगी व्यवसायीहरू निर्यात गर्न चाहान्छन्। हाम्रो उद्योगहरू त्यसको लागि यो कोषेढुङगा रहन्छ जस्तो लाग्छ। हामी सधैँ व्यापार घाटा भोगिरहेका छौँ। यो समस्या मुलुकको सबैभन्दा ठूलो समस्या हो। हामीले नेपालमा नै उत्पादन भएका वस्तु मात्रै खरिद गर्नुस भन्ने गरेका छौँ। तर हामीले सहि मूल्यमा उत्पादन गुणस्तर दिन सक्छौँ। मूल्य कुरा गर्दा हाम्रोमा वस्तु उत्पादनमा लागत धेरै छ। यो बन्दरगाहलाई रेल मार्गसँग जोडन आवश्यक छ। रेल मार्ग जोड्न सक्यो भने आज जुन व्यापार घाटा भएको छ। व्यापार घाटा कम हुन सक्छ। रेल मार्ग जोड्यो भने यो बन्दरगाहको उपयोगिता बढ्छ जस्तो लाग्छ। बन्दरगाह सञ्चालनमा आएर नीजि क्षेत्र उत्साहित छ।’

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि बन्दरगाहलाई रेल मार्गसँग जोडे मात्रै बन्दरगाहको सान्दर्भिकता बढ्ने बताए।

उनले सरकारले चोभार सुक्खा बन्दरगाहमा आयात र निर्यात गर्दा सहज बनाउने बातावरण सरकारले बनाउनु पर्ने बताए।

उनले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि अन्य विरगन्ज, विराटनगर तथा अन्य भन्सार बिन्दुमा व्यवसायीहरू जानु पर्दैन। सिधा रुपमा कलकत्ताबाट ट्रक तथा कन्टेनरहरू बिना कुनै झन्झट चोभार सुक्खा बन्दरगाहबाट जाँचपास गर्न पाउने अपेक्षा राखेका छौँ। निर्यातको लागि यो बन्दरगाहमा जाँचपास गरेपछि सिधा कलकत्तामा जान सकोस्। भविष्यमा यो बन्दरगाहमा ल्याप भन्सारका सबै कारोबार छ त्यो यहीबाट होस्। यो बन्दरगाह फाष्टट्याकबाट र रेल मार्ग जोडियो भने तब बन्दरगाहको सान्र्दभिकता आउँछ।’

त्यस्तै, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले चोभार बन्दरगाहलाई चीनको नाकासँग जोडनु पर्ने बताए। उनले चोभार सुक्खा बन्दरगाह आधुनिक अनलाइन प्रणालीमा सञ्चालन गर्न सके मुलुकको ५० प्रतिशत आयात निर्यात गर्ने व्यवसायलाई व्यवस्थित गर्ने बताए।

उनले भने, ‘यो बन्दरगाहले दक्षिणको जस्तो चीनसँग पनि जोडेर आधुनिक प्रविधि युक्त बनाउनु पर्छ। यसमा सबै काम अनलाइन प्रणाली मार्फत रकम भुत्तानी गनै सक्ने बनाउन सके मात्रै मुलुकको ५० प्रतिशत आयात निर्यात गनैृ व्यवसायलाई व्यवस्थित गर्ने छ। बन्दरगाहबाट काठमाडौं उपत्यकामा उत्पादन हुने हस्तकला,गलैचाँ तथा जडिबुटी जन्य कुराहरू प्रोसेसिङ प्रवर्द्धन गरेर यहीबाट निर्यात गर्न सक्छौँ। ठूला उत्पादन वस्तु कन्टेनरमा जान सक्छ तर ससाना महिला उद्यमीले उत्पादन गरेका वस्तु एकद्वार प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाह भित्र व्यवस्था गर्नु पर्छ।’

अध्यक्ष मल्लले बन्दरगाहबाट काठमाडौंमा उत्पादन हुने वस्तु निर्यातको लागि महत्वपूर्ण योगदान हुने बताए। उनले बन्दरगाहमा वस्तु निर्यातको लागि एकद्वार प्रणालीबाट निर्यात गर्नको लागि एक्सपोर्ट हाउस जस्तो बन्दरगाहभित्र व्यवस्था गर्नुपर्ने माग गरे।


प्रकाशित : मंगलबार, चैत २२ २०७८१४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend