आइतबार, वैशाख २३ गते २०८१    
images
images
अर्थतन्त्र संकटको असर सेयर बजारमा

उच्च बिन्दुबाट ७४७ अंकले घट्यो, बियरिसतर्फ लागेको सेयर कतिसम्म झर्न सक्छ?

images
images
images
उच्च बिन्दुबाट ७४७ अंकले घट्यो, बियरिसतर्फ लागेको सेयर कतिसम्म झर्न सक्छ?
images
images

काठमाडौं- अर्थतन्त्र संकटमा जाने संकेतले सेयर बजार पनि सुस्ताएको छ। लगातार घटिरहेको सेयर बजारमा पछिल्लो ११ दिन यता कारोबार घटिरहेको छ। अर्थ मन्त्रालयले लगातार अर्थविद्हरूसँग छलफल गरिरहेको छ। तर अर्थतन्त्र सुधारका प्रयासमा विश्वासिलो कदम नदेखिँदा लगानीकर्ताहरू मनोवैज्ञानिक त्रासमा देखिएका छन्।

images
images
images

यता राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी नखोल्न दिर्नेशन दिएका छन्। मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको थप गिरावटले लगानीकर्ता बजारबाट पर हुँदैछन्। मनोवैज्ञानिक बिन्दुबाटै बजार झरेकाले अझै तलकै बाटो लिने देखिएको छ।

images

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। विश्लेषकहरूले सेयर बजारलाई अर्थतन्त्रमा हुने तलमाथि पनि प्रभाव हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। 

images

सेयर घटेर २४५२.०६ बिन्दुमा झरेको छ। यो २५०० को बिन्दुबाट तल झरेपछि लगानीकर्ताहरू झस्किएका छन्। सेयर बजार उच्च बिन्दुबाट ७४७ अंकले घटेर २४५२ मा आइपुगेको छ। अझै कति बिन्दुमा आइपुग्छ भन्न सक्ने अवस्था छैन। ३१९९ बाट झरेको बजार २४५२ मा आइपुग्नुले सेयर बजार बुलिसबाट बियरिसतर्फ गइसकेको विश्लेषकहरूले नै बताइरहेका छन्। 

images
images

लगानीकर्ताको १० खर्ब रुपैयाँ बढीको सम्पत्ति गुमेको छ। नेप्से परिसूचक उच्चतम हुँदा ४४ खर्ब ६८ अर्ब रुपैयाँको बजार पुँजीकरण बिहीबारको कारोबार पछि ३४ खर्ब ८१ अर्ब रुपैयाँमा खुम्चिएको छ। परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ।

गत साउन ३१ गते दैनिक कारोबार रकम २१ अर्ब रुपैयाँभन्दा बढी भएकामा मंगलबार २ अर्ब ६७ करोड रुपैयाँ मात्रै कारोबार भएको छ। 

यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि बजारमा ठूलो गिरावट आयो। आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएको छ। मगलबार बजार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ। मंगलबार २ अर्ब ६७ करोड १२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।     

राष्ट्र बैंकको पछिल्लो निर्णय बाहिरिएसँगै मनोवैज्ञानिक बिन्दुबाटै तल खसेको बजारमा थप असर देखिएको छ। यसैपनि लगानीकर्ताहरूले राष्ट्र बैंकले लगाएको ४/१२ करोडको सेयर कर्जा सीमाको मार खेपिरहेको अवस्थामा नियामक निकायबाटै अर्थतन्त्र संकटउन्मुख अवस्थामा पुगेको विश्लेषण गरेपछि त्यसको सिधा असर अहिले सेयर लगानीकर्ताहरूले खेपिरहेका छन्।

अहिलेको अवस्थामा बजार प्रवेश गर्न लगानीकर्ताहरू डराइरहेका छन्। अर्थतन्त्रमा देखिएको संकट आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू अझै तयार नभएको पछिल्लो सेयर खरिद बिक्री रकमले पनि पुष्टि गरेको छ। बजार निकै सस्तो बनिरहेको छ। प्यानिक सेलिङमा समेत लगानीकर्ताहरू डराइरहेका छन्।

बजार अहिले ठोस रुपमा अघि बढ्न सक्ने आधार पनि नदेखिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेका छन्। मुख्यगरी अहिले देखिएको खराब अर्थतन्त्रकै कारणले लगानीकर्ताहरू बजार प्रवेश गर्न डराइरहेको लगानीकर्ता नयन बास्तोला बताउँछन्। 

बजार घट्नुमा अहिले वर्षको अन्तिम महिना भएकाले पनि ब्याजको प्रेसरमा लगानीकर्ता देखिएका छन्। बैंकको वित्तीय विवरणहरू पनि सार्वजनिक हुने बेला भएको छ। यस्तोमा बैंकहरू आफै पनि संकटको सामना गरिरहेका छन्। अब बैशाखमा देखिने चुनावी माहोलले केही फरकपन ल्याउन सक्ने पर्खाइमा बजार प्रवेश गरेकाहरू देखिन्छन्।

चुनाव लक्षित बजारमा लगानीकर्ताहरू निकै जोखिम मोलिरहेका छन्। बजार बढ्ने आधार नहु्ँदा बजार बढ्ने सम्भवना कम देखिन्छ। बैंकको वित्तीय विवरणहरू सार्वजनिक हुने समय आएको छ तर यसपटक बैंकहरू आफै संकटको सामाना गरिरहेका छन्। फेरि चैत मसमान्तमा लगानीकर्ताहरू ब्याज तिर्नुपर्ने थप दबाबमा रहेकाले पनि बजारमा पैसाको फ्लो कम भएको अनुुमान केही लगानीकर्ताहरूको देखिन्छ।

बियरिस तर्फ जाँदै

नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको विश्लेषण हुन थालेको छ। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।

यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धकका क्रममा माओवादीहरूले लुटेको पैसा बजारमा आउँदा बैंकिङ तरलता बढ्यो। यस अवधिमा संविधान सभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए। जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।

त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो।

यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्‍यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्‍यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनश सेयर वितरण भएन।

बजार विश्लेषकहरूका अनुसार यस पटक सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउँदा बजार नसोचिएको हिसाबले सुधार भयो।

बैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दवाव पर्‍यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। 

यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किले क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुचारु गर्नका लागि उनिहरूलाई थप पुँजीको आवश्यकता पर्दछ।

यस्तो पैसा सेयर बजारबाट लगातार झिक्ने क्रम बढिरहेको छ। यस सँगै नजिकिएको चाडवाड र पहिलो त्रैमासिक अवधिका लागि आवस्यक पर्ने सावा र किस्ता जोहो गर्नका लागि पनि सेयर बिक्री गर्ने क्रम बढेको पाइन्छ।

images

प्रकाशित : बुधबार, चैत २३ २०७८०१:३४

प्रतिक्रिया दिनुहोस