सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

पत्रकार धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण

images
images
images
पत्रकार धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण
images
images

काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री भारत भ्रमणबाट नेपाल फर्कने क्रममा विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाउँदै उडानमा खटिएका कर्मचारीलाई दुव्यवहार गरेकोको प्रति स्पष्टीकरण सोधेको हो। 

images
images
images

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट टेलिभिजनमा लाइभ चलाएका थिए। 

images

प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। 

images

सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ। 

images
images

काउन्सिलका अनुगन अधिकृत सुरेन्द्र मल्लले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्ती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको, दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो? तपाईंबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो? पत्रकारिता क्षेत्रको मर्यादारविश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशानुसार सूचित गरिन्छ।’ 

धमलाले यसअघि नेपाल बार एसोसिएसनको बैठकस्थलमा अनुमतिबेगर प्रवेश गरी प्रत्यक्ष प्रसारण गर्ने प्रयास गरेका थिए। उनको त्यो कार्यको आलोचना भएको थियो।

धमला पटक-पटक विवादमा आइरहन्छन्। धमलाका टेलिभिजन अन्तर्वार्ताहरू पत्रकारिताको मर्म र भावनाविपरीत हुने गरेको आरोप लाग्ने गरेको छ। 

Rishi Dhamala.jpg

images

प्रकाशित : मंगलबार, चैत २२ २०७८११:२९

प्रतिक्रिया दिनुहोस