शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल बैंक र नेपाल लाइफको सेयर मूल्य एक वर्षयताकै सस्तो, खरिद गर्नेका लागि अवसर

images
मंगलबार, चैत २२ २०७८
images
नबिल बैंक र नेपाल लाइफको सेयर मूल्य एक वर्षयताकै सस्तो, खरिद गर्नेका लागि अवसर
images
images

काठमाडौं- दुई आकर्षक कम्पनीको सेयर मूल्य एक वर्षयताकै सस्तो भएको छ। नबिल बैंक र नेपाल लाइफ इस्योरेन्सको सेयर मूल्य एक वर्षयताकै सस्तो मूल्य आएको हो।

images
images
images

नबिल बैंक 

images
images

नबिल बैंकको सेयर मूल्य एक वर्षयताकै सस्तो मूल्यमा आएको छ। बैंकको मंगलबार अन्तिम कारोबार हुँदा १३ रुपैयाँले घटेर ९८४ रुपैयाँमा आएको छ। बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने समायोजना हुँदा ९८५ रुपैयाँमा भएको थियो। 

images
images

बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। जसका कारण पनि अझै आक्रामक रुपमा अघि बढ्ने देखिन्छ। लाभांश दिने क्षमता अझै बढाउँदै छ।

नेपाल लाइफ इन्याेरेन्स

दोस्रो बजारको 'ब्लुचिप' नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। साताको मंगलबार सेयर मूल्य घटेर ९८९ रुपैयाँमा आइपुगेको छ।

अहिलेसम्म ५२ हप्तामा १००५ रुपैयाँ रहेको थियो। मंगलबार प्रतिकित्ता २३ रुपैयाँले घटेर एक वर्षयताकै सस्तो भएको हो। ५२ हप्ताअगाडि २२५९ रुपैयाँमा अधिकतम मूल्यमा सेयर कारोबार भएको थियो। 

सेयर बजार १२०० अंकमा आइपुग्दासमेत नेपाल लाइफको सेयर मूल्य ९०० भन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो।

अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हेर्‍यो भने यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रुपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ। यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन जान्छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८०९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend