मंगलबार, असोज १ गते २०८१    
images
images

पर्यटनमन्त्री आलेले अदालतको मानहानी गरेको विषयमा उच्च अदालतले दियो कारण देखाउ आदेश

images
मंगलबार, चैत २२ २०७८
images
images
पर्यटनमन्त्री आलेले अदालतको मानहानी गरेको विषयमा उच्च अदालतले दियो कारण देखाउ आदेश
images
images

काठमाडौं- 'अदालतको फैसलामा सेटिङ भएको' भन्ने अभिव्यक्ति दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उच्च अदालत पाटनले कारण देखाउ आदेश दिएको छ।

images
images
images

बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिले उच्च अदालत पाटनबाट 'सेटिङमा आदेश लिएको' भन्दै मन्त्री आलेले एक टिभी कार्यक्रममा बोलेका थिए। सोही भनाइलाई आधार मान्दै आनन्द होटल प्रालिले मन्त्री आलेले अदालतको मानहानी गरेको भन्दै उच्च अदालतमा रिट दर्ता गराएको थियो।

सोही रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुवाष पौडेल र नारायण प्रसाद पौडेलको संयुक्त इजलासले मन्त्री आलेको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

होटल आनन्द प्रालिले १७ गते सेटिङमा आदेश ल्याउँदै नेपाल-भारतमैत्री पशुपति धर्मशाला सिल गर्न अवरोध गरेको भन्दै आलेले अभिव्यक्ति दिएका थिए।

images

मन्त्री आलेले चैत १४ गते बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदबाट धर्मशाला सञ्चालन गरिरहेको आनन्द होटल प्रालिसँगको सम्झौता रद्ध गर्ने  निर्णय गराएका थिए। उक्त निर्णयअघि नै होटल आनन्द प्रालिले चैत १६ गते रिट दायर गरेको थियो।

होटलले दायर गरेको रिटमा १७ गते उच्च अदालत पाटनले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा २१ गते छलफलमा बोलाउने र कारण देखाउ आदेश जारी गरेको थियो। सोही आदेशका कारण मन्त्री आलेले धर्मशाला १७ गते सिल गर्न सकेका थिएनन्। आनन्द प्रालिले उच्च अदालतबाट आदेश जारी भएको भन्दै धर्मशाला खाली गर्ने पत्र बुझेको थिएन।

आनन्द प्रालिले पत्र नबुझेपछि कोषका पदाधिकारी तथा मन्त्री आलेले काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्षको सहयोग मागेका थिए।

वडाका प्रतिनिधिले पनि अदालतको मानहानी हुनेगरी कुनै काम नगर्ने बताएपछि १७ गते धर्मशाला सिल गर्ने आलेको योजना तुहिएको थियो। आनन्द प्रालिले सञ्चालन गरिरहेको पशुपति धर्मशाला सिल गर्न नपाएपछि आलेले अदालतबाट सेटिङ भएको आरोप लगाएका थिए।


प्रकाशित : मंगलबार, चैत २२ २०७८०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend