आइतबार, वैशाख २३ गते २०८१    
images
images

सेयर बजारमा जोखिम देखिँदा प्रवेश गर्नै चाहेनन् लगानीकर्ता, कहिले आउला सुधार?

images
images
images
सेयर बजारमा जोखिम देखिँदा प्रवेश गर्नै चाहेनन् लगानीकर्ता, कहिले आउला सुधार?
images
images

काठमाडौं- घट्दो सेयर बजारप्रति लगानीकर्ताले चिन्ता व्यक्त गरिरहँदा बजार निरन्तर ओरालो लागिरहेको छ। सातामा कारोबारको तेस्रो दिन पनि बजारमा ठूलो गिरावट देखिएको छ। 

images
images
images

आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार १६.०९ अंकको गिरावट आएको थियो। मंगलबार पनि बजारमा ४६.४६ अंकले गिरावट आएको छ। म‌गलबार बजार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ।

images

गएका केही दिन यताको तुलनामा मंगलबार कारोबार रकममा भने थोरै सुधार देखिएको छ। मंगलबार २ अर्ब ६७ करोड १२ लाख रूपैयाँको सेयर किनबेच भएको छ।     

images

मनोवैज्ञानिक बिन्दुबाट ओरालो लागेको सेयर बजारमा देखिएको थप गिरावटले लगानीकर्ता बजारबाट पर हुँदैछन्। मनोवैज्ञानिक बिन्दुबाटै बजार झरेकाले अझै तलकै बाटो लिने देखिएको छ।

images
images

राष्ट्र बैंकका पदाधिकारीहरूले सोमबार बैंकका सीईओहरूसँग अत्यावश्यक बाहेकका वस्तु आयातका लागि एलसी नखोल्न निर्देशन दिएका छन्। यो निर्णय बाहिरिएसँगै मनोवैज्ञानिक बिन्दुबाटै तल खसेको बजारमा थप असर देखिएको छ। यसैपनि लगानीकर्ताहरूले राष्ट्र बैंकले लगाएको ४/१२ करोडको सेयर कर्जा सीमाको मार खेपिरहेको अवस्थामा नियामक निकायबाटै अर्थतन्त्र संकटउन्मुख अवस्थामा पुगेको विश्लेषण गरेपछि त्यसको सिधा असर अहिले सेयर लगानीकर्ताहरूले खेपिरहेका छन्।

अघिल्लो ९ कारोबारसम्म नेप्से परिसूचक २६ सयलाई नै आधारबिन्दु बनाइरहेको थियो। त्यसपछि पुनः घटको नेप्से सूचक २५ सयको आधार बिन्दुमा रहेको थियो। मनोवैज्ञानिक बिन्दु लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दुबाट पनि बजार निकै तल झर्न थालेको छ। 

अहिलेको अवस्थामा बजार प्रवेश गर्न लगानीकर्ताहरू डराइरहेका छन्। अर्थतन्त्रमा देखिएको संकट आगामी दिनमा आउने सक्ने जोखिम मोल्न लगानीकर्ताहरू अझै तयार नभएको पछिल्लो सेयर खरिद बिक्री रकमले पनि पुष्टि गरेको छ। बजार निकै सस्तो बनिरहेको छ। प्यानिक सेलिङमा समेत लगानीकर्ताहरू डराइरहेका छन्।

बजार अहिले ठोस रुपमा अघि बढ्न सक्ने आधार पनि नदेखिएको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेका छन्। मुख्यगरी अहिले देखिएको खराब अर्थतन्त्रकै कारणले लगानीकर्ताहरू बजार प्रवेश गर्न डराइरहेको लगानीकर्ता नयन बास्तोला बताउँछन्। 

बजार घट्नुमा अहिले वर्षको अन्तिम महिना भएकाले पनि ब्याजको प्रेसरमा लगानीकर्ता देखिएका छन् । बैंकको वित्तीय विवरणहरू पनि सार्वजनिक हुने बेला भएको छ। यस्तोमा बैंकहरू आफै पनि संकटको सामना गरिरहेका छन्। अब बैशाखमा देखिने चुनावी माहोलले केही फरकपन ल्याउन सक्ने पर्खाइमा बजार प्रवेश गरेकाहरू देखिन्छन्। 

images

प्रकाशित : मंगलबार, चैत २२ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस