शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

निगम व्यवस्थापनको चरम लापरबाही - शुक्रबार पञ्चड भएको जहाजको मर्मत सोमबारसम्म भएन

images
सोमबार, चैत २१ २०७८
images
निगम व्यवस्थापनको चरम लापरबाही - शुक्रबार पञ्चड भएको जहाजको मर्मत सोमबारसम्म भएन
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनले कतिसम्म लापरबाही गरिरहेको छ भन्ने उदाहरण बनको छ- थाइल्याण्डमा टायर पञ्चड भएको जहाज मर्मतको विषय।

images
images
images

जहाजको टायर पञ्चड सामान्य विषय हो। तर शुक्रबार टायर पञ्चड भएर थाइल्याण्डमा ग्राउन्डेड भएको जहाजको टायर अझै मर्मत हुन सकेको छैन। जसका कारण जहाज थाइल्याण्डमै ग्राउन्डेड भएर बसेको छ।

images
images

शुक्रबार १ सय ५० भन्दा बढी यात्रु लिएर नेपाल आउन लागेको नेपाल एयरलाइन्सको नाइन एन एकेडब्लु कलसाइन भएको जहाजको टेक अफको समयमा पछाडिको दुईवटै टायर पञ्चड भएको थियो। टायर पञ्चड भएपछि जहाजलाई पार्किङ वेमा लगेर राखिएको थियो। तर शनिबार नै कतारबाट टायर पठाए पनि अहिलेसम्म जहाजको टायर परिवर्तन हुन सकेको छैन।

images
images

‘एउटा गाडीको टायर पञ्चड हुँदा जस्तो मर्मत हुने हो जहाजको पनि त्यही हो,’ निगम स्रोतले भन्यो, ‘तर व्यवस्थापनको लापरबाहीका कारण ४ दिन हुँदा पनि कतारबाट आएको टायर भन्सार पास गरेर फेर्न सकेका छैनन्।’

निगमको एयरब ३२० जहाज थाइल्याण्डमा ग्राउन्डेड हुँदा अन्य गन्तव्यको उडानसमेत प्रभावित भएको छ। अर्कोतर्फ निगमले दैनिक दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गुमााइरहेको छ।

यस्तोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले व्यवस्थान सुधारका लागि भन्दै आफैले नियुक्त गरेका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जहाज मर्मतमा कुनै निर्देशन दिन सकेका छैनन्।

मन्त्रीले नगरे पनि हुने सामान्य टुक्रे कार्यक्रममा उपस्थित हुँदै उल्टो निगमको उडान संख्या बढेको बताइरहेका छन्। तर जहाज चार दिन ग्राउन्डेड हुँदा निगमको आम्दानी घट्ने र छविमा आउने आँचको विषयमा मन्त्री आले र अधिकारीलाई कुनै मतलब नभएको एक कर्मचारीले बताए।

यही जहाज यसअघि पनि तीन महिनाभन्दा बढी समय कतारमा इन्जिन फेल हुँदा ग्राउन्डेड भएर बसको थियो। उक्त समयमा पनि निगम व्यवस्थापनको चरम लापरबाहीका कारण जहाजको इन्जिन भाडामा लिने काम ढिला भएको थियो।


प्रकाशित : सोमबार, चैत २१ २०७८१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend