बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दोस्रो बजारका आकर्षक नबिल बैंक र नेपाल टेलिकम; घट्दाे मूल्यमा कुनकाे सेयर किन्दा के फाइदा?

मंगलबार, चैत २२ २०७८
दोस्रो बजारका आकर्षक नबिल बैंक र नेपाल टेलिकम; घट्दाे मूल्यमा कुनकाे सेयर किन्दा के फाइदा?

काठमाडौं- सेयरधनीलाई दिने लाभांशका हिसाबले बैंकहरूमा नबिल बैंक र सेवप्रदायक कम्पनीमा नेपाल टेलिकम अगाडि देखिँदै आएको छ।  पछिल्लो वर्षको नाफाबाट दुवै कम्पनीले सेयरधनीलाई उच्च लाभांश दिएका छन्।

तर अहिले यिनिहरूको सेयर मूल्य भने सस्तो मूल्यमा आएको छ। जसका कारण सेयरधनीलाई सेयर खरिद गर्न भने उपयुक्त अवसर देखिन्छ।  

नेपाल टेलिकम

लाभांश घोषणापछि घटेको नेपाल टेलिकमको सेयर मूल्य घट्ने क्रम रोकिएको छैन। साताको दोस्रो दिन सोमबार पनि प्रतिकित्ता २१ रुपैयाँले घटेर ११०० रुपैयाँमा अन्तिम कारोबार भएको छ। ३३ हजार ३४९ कित्ता कारोबार भएको कम्पनीको सेयर मूल्य केही समय अगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९७२ रुपैयाँसम्म आएको थियो। घटेर बढेको सेयर मूल्य पुनः घट्न थालेको छ।

ntc 111.PNG

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको थियो।

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो।  कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

कम्पनीको बजार पुँजीकरण १ खर्ब ९८ अर्ब रुपैयाँमा झरेको छ।

गत एक साता अगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  टेलिकमको चालु आवको दोस्रो त्रैमासमा कुल आम्दानी ८.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ। गत वर्षको तुलनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलो पटक सेयर लाभांश घोषणा गरेको हो।

नबिल बैंक 

नबिल बैंकको सेयर मूल्य पछिल्लो समय घटिरहेको छ। सेयर लगानीकर्ताहरूका लागि नबिल बैंकको सेयर अन्य बैंकको तुलनामा सबैभन्दा राम्रो मानिँदै आएको छ। थोरै पैसा भए पनि सेयरमा राम्रो बुझेका लगानीकर्ताहरूले पहिलो बैंकको सेयर किन्दा विशेषगरी नबिल बैंकको सेयर किन्नमा बढी रुचि राख्ने गर्दछन्।

nabil 1111.PNG

कम्पनीले राम्रो बोनस दिनसक्ने, हरेक वर्ष नाफामा गएको, सबैभन्दा बढी पुँजी भएको साथै वित्तीय क्षेत्रमा बढी लगानी बढाएका कारणले पनि नबिल बैंकमा लगानीकर्ताको आकर्षण अझ पछिल्लो समय उच्च रहेको छ।

नबिलले आर्थिक वर्ष २०७७/०७८ को मुनाफापछि ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। लाभांश पारित भएर मंगलबार नेप्सेमा बोनस सेयर सूचीकृत भइसकेको छ। सेयरधनीलाई बैंकले ३३ दशमलव ६ प्रतिशत सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

बैंकको सोमबार अन्तिम कारोबार ९९७ रुपैयाँमा भएको थियो। ५६ हजार ८९५ कित्ता कारोबार भएको बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने लाभांभ दिने समयमा मूल्य समायोजन हुँदा ९८५ रुपैयाँमा भएको थियो। 

बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। जसका कारण पनि अझै आक्रामक रुपमा अघि बढ्ने देखिन्छ। लाभांश दिने क्षमता अझै बढाउँदै छ।


प्रकाशित : मंगलबार, चैत २२ २०७८०१:३३
  • सम्बन्धित विषय:

  • # nabil bank
  • # ntc


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend