काठमाडौं- रोल्पा नगरपालिका वडा नम्बर ३ को सातदोबाटोमा बनेको जनयुद्ध स्मृती भ्यू टावर र ढुंगे बगैंचा निजी क्षेत्रलाई सञ्चालन गर्ने दिइने भएको छ।
भ्यू टावर सञ्चालनका लागि निजी क्षेत्रलाई दिने गरी नगरपालिकाले टेन्डर सूचना जारी गरेको छ। नगरपालिकाको कार्यालयले टावर, चिल्ड्रन पार्क र ढुंगे बगैंचा निजी क्षेत्रबाट सञ्चालनका लागि भन्दै टेन्डर गरेको हो।
नगरपालिकाले वार्षिक १० प्रतिशत भाडा बढने गरी मासिक २ लाख ५० हजार (करबाहेक) न्यूनतम भाडा निर्धारण गर्दै टेन्डर गरेको हो।
टेन्डरमा सहभागी हुन चाहने कम्पनीले २०७९ बैशाख १९ गतेसम्म आवेदन दिनु पर्ने छ। प्रस्ताव पेस गर्नेले आर्थिक प्रस्ताव सहित पहिलो ५ वर्षको व्यवसायिक योजना समेत पेस गर्नु पर्ने नगरपालिकाले जनाएको छ।