बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२५०० को बिन्दुबाट ओरालो लाग्यो सेयर बजार, आधार नहुँदा बैशाखसम्म पर्ख र हेरकै स्थिति

सोमबार, चैत २१ २०७८
२५०० को बिन्दुबाट ओरालो लाग्यो सेयर बजार, आधार नहुँदा बैशाखसम्म पर्ख र हेरकै स्थिति

आधारबिन्दुबाट ओरालो लाग्दै सेयर बजार, 'बैशाखसम्म पर्ख र हेरकै स्थिति'

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा लगानीकर्ताको साथ मिल्न सकेको छैन। आइतबार ३०.८९ अंकले घटेको बजारमा सोमबार पनि १६.०९ अंकको गिरावट आएको छ। 

सोमबार १६.०९ अंकले घटेर बजार २४९७.३२ बिन्दुमा झरेको छ। सोमबार १ अर्ब ५८ करोड रूपैयाँको मात्र कारोबार भएको छ। कारोबार रकममा भइरहेको कमीले लगानीकर्ता अझै बजारको विश्वासभन्दा बाहिर रहेको देखिन्छ। सोमबार ३६ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

आइतबार ३०.८९ अंकले घटेर बजार २५१३.४१ बिन्दुमा झरेको थियो। जहाँ कारोबार रकमसमेत १ अर्ब ४६ करोड रूपैयाँमात्र थियो। आइतबारको अवस्थाभन्दा केही सुधार देखिए पनि सोमबारको बजारले समेत घट्दो क्रमलाई नै साथ दिएको छ। 

अघिल्लो ९ कारोबारसम्म नेप्से परिसूचक २६ सयलाई नै आधारबिन्दु बनाइरहेको थियो। त्यसपछि पुनः घटको नेप्से सूचक २५ सयको आधार बिन्दुमा रहेको थियो। मनोवैज्ञानिक बिन्दु लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दुबाट पनि बजार तल झर्न थालेको छ। 

यसअघि ९ वटा कारोबारसम्म २६ सयको मनोवैज्ञानिक बिन्दुुमा रहेको नेप्सेसूचक एक सय अंकले घटेर २५ सयको आधारबिन्दुमा थामिने प्रयासमा थियो। तर बजारले आधार नभेट्दा गिरावटको बाटोमा नै देखिएको छ। नेप्सेमा आएको गिरावटले कारोबार रकम निकै सुस्त बनेको छ। 

घटेको बजारमा प्रवेश गर्न लगानीकर्ता डराइरहेका छन्। जसले गर्दा बजारले लगानीकर्ताको साथ नपाउँदा ओरालो यात्रा देखिएको छ। बजार बढ्ने आधार नहु्ँदा बजार बढ्ने सम्भावना कम देखिन्छ। बैंकको वित्तीय विवरणहरू सार्वजनिक हुने समय आएको छ तर यसपटक बैंकहरू आफै संकटको सामना गरिरहेका छन्। फेरि चैत मसमान्तमा लगानीकर्ताहरू ब्याज तिर्नुपर्ने थप दबाबमा रहेकाले पनि बजारमा पैसाको फ्लो कम भएको अनुमान केही लगानीकर्ताहरूको देखिन्छ।

बैशाखबाट चुनावको प्रचारप्रसार निकै हुुन्छ, त्यो अवस्थामा पैसा केही बढी परिचालन हुन्छ। त्यही पैसाकाका कारणले बजार बढ्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। चुनावको माहोल तातिएसँगै लगानीकर्तामा सकारात्मक मनोवैज्ञानिक प्रभावको विकास हुने र बजारले साथ पाउने उनीहरू बताउँछन्। 


प्रकाशित : सोमबार, चैत २१ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend