शनिबार, साउन १२ गते २०८१    
images
images
images

आरजु राइस मिलले धान काटेपछि होइन रोप्नुअगाडि नै तोक्यो समर्थन मूल्य

धान खरिद गरेको दुई दिनमै बैंकिङ च्यानलबाट रकम भुक्तानी

images
सोमबार, चैत २१ २०७८
images
images
आरजु राइस मिलले धान काटेपछि होइन रोप्नुअगाडि नै तोक्यो समर्थन मूल्य
images

काठमाडौं- सामाजिक उद्यमको सिद्धान्तअनुसार नेपाल कृषि केयर र आरजु राइस मिलले धान काट्ने समयमा तोकिँदै आएको धानको समर्थन मूल्य रोप्नुअगाडि नै निर्धारण गरेको छ। 

images
images

किसान एवं किसान समूह, स्थानीय कृषि उद्यमीहरूसँग हातेमालो गरी हालको निर्वाहमुखी खेती प्रणालीलाई कृषि उद्यमको रुपमा विकास गर्ने लक्ष्य लिँदै मिलले धानको समर्थन मूल्य तोकेको हो।

images

किसानले अहिले पनि धानको समर्थन मूल्य समयमा पाउन नसेको अवस्थामा आरजु राइस मिलले धानको समर्थन मूल्य तोकेको हो। मिलले किसानहरूको समस्यालाई मध्यनजर गर्दै २०७९ सालको बर्खे धानको न्यूनतम खरिद मूल्य प्रतिकिलो ३० रुपैयाँ, प्रति क्विन्टल ३ हजार रुपैयाँ तोकेको हो।

मिलले समर्थन मूल्य निर्धारण गर्दा नेपाल सरकारले तोकिएको धानको समर्थन मूल्यलाई समेत आधार मानेको जनाएको छ। सोहीअनुसार मिलले किसानहरूसँग सिधै धान खरिद गर्ने योजना रहेको बताएको छ।  

images

मिलका तर्फबाट धान खरिदमा तोकेको प्रावधानहरू

१) मिलले नेपाल सरकारबाट स्वीकृत राम धान वा तेज गोल्ड जातको धान मात्र खरिद गर्नेछ।

२) चिस्यान मात्रा १८ प्रतिशत भएको धानको न्यूनतम समर्थन मूल्य ३० रुपैयाँ प्रतिकिलो हुनेछ।  बजार मूल्य यसभन्दा अधिक भएमा सोहि अनुसार समायोजन हुनेछ। 

३) धान खरिद गरेबापतको रकम किसानहरूको बैंक खातामा दुई दिनभित्र रकमान्तर हुनेछ।

४) मिलले जम्मा ११ हजार टन धान खरिद गर्ने भएकोले पहिला सम्झौता गर्ने किसान, किसान समुह वा सहकारीहरूलाई पहिलो प्रथमिकता दिईनेछ। 

किसानका समस्या

धान खरिदबाहेक नेपाल कृषि केयरले किसान वा कृषक समूहलाई खेती गर्न वा कृषि यन्त्र/उपकरण खरिद  गर्न व्यवसायिक बैंकबाट ऋण चाहिएको खण्डमा मेगा बैंक वा अन्य बैंकवाट नेपाल सरकारबाट तर्जुमा गरिएको सहुलियत कृषि ऋण प्राप्त गर्नका लागि सहजिकरण गर्नेसमेत मिलले जनाएको छ। 

नेपालको करिब दुई तिहाइ जनता अझै पनि कृषिमा निर्भर छन् तर पनि नेपालमा कृषि अन्नहरूको उत्पादकत्व आशा गरिएअनुरुप बढ्न सकेको छैन। किसानको जीविकोपार्जन पनि बढ्न सकेको छैन भने अर्कोतर्फ नेपालकै खाद्य सुरक्षामा पनि ठूलो चुनौती आएको छ। हरेक वर्ष नेपालमा खाद्यन्नहरू जस्तै चामल,  मकै, तोरीको आयात अत्याधिक रुपमा वृद्धि हुँदै गएको छ। २५–३० वर्ष अघिसम्म धान निर्यात गर्ने नेपाल हाल आएर विदेशी धान चामलमा निर्भर छ। 

कृषि विकासका केही राम्रा कार्यक्रम भएपनि ती व्यवहारमा उतार्न सकिएको छैन। राज्यको पुनसंरचनाले कृषि क्षेत्रलाई प्रभावकारी रुपले समात्न सकेको छैन। किसानको आफ्नै समस्याहरू छन्। मल समयमै पाउँदैनन, सिँचाइ छैन, प्रविधिको बारेमा जानकारी छैन, बजारको व्यवस्था उचित छैन, प्रत्येक वर्ष जग्गाहरू खण्डिकृत भइरहेका छन्।

आजको सबैभन्दा ठूलो चुनौती भनेको नै किसानहरूलाई उद्यमी किसान बनाउनु हो। जबसम्म  किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् तबसम्म किसानहरूले कृषिमा लगानी गर्न खासै चाख राख्दैनन्। लगानी नभएको क्षेत्रको विकास नहुनलाई खासै अचम्म मान्नु पर्दैन। 

यसैले कृषि क्षेत्रको विकासको लागि यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ। यसको लागि कृषि मूल्य श्रृंखलालाई ध्यान दिइ किसानकै सहभागितामा सामुदायिक कृषि उद्यमलाई बढवा दिन आवश्यक देखिएको छ। 

कस्तो छ उत्पादन अवस्था

हाल नेपालको धानको उत्पादकत्व प्रति हेक्टर ३.८ टन छ र वर्षको करिब २ खरब ५० अर्ब बराबरको धान उत्पादन हुन्छ।

नपुग करिब ५० अर्बको धान/चामल आयात हुन्छ। यसैकारण अबको अभियान भनेको अन्न बालिहरूको उत्पादकत्वलाई बढाएर आयातलाई प्रतिस्थापन गर्ने नै हो। यस अभियानलाई नेपालको खाद्य  सुरक्षासंग जोडिएर हेर्न पनि आवश्यक रहेको छ। 

सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्ध एयरको सहयोग

नेपाल कृषि केयरले बुद्ध एयरको समाजिक उत्तरदायित्व कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा विगत १० वर्षदेखि धान खेतीको उत्पादनमा वृद्धि एवं मूल्य श्रृखंलामा काम गर्दै आएको जनाएको छ। बुद्ध एयरले ट्याक्टर खरिदको लागि किसानहरूलाई बैंकसँग पहुँच, धान रोप्ने मिसिन, धान र मकै काट्ने हारभेस्टर साथै हिलोमा पनि धान काट्न सक्ने हारभेष्टरको सफल परिक्षण गरिसकेको छ।

साथै कृषकका लागि आवश्यक पर्ने अन्य  कृषि सामाग्री, ऋण एवं बिमाका लागि पनि सहयोग गर्दै आएका एयरले जनाएको छ। यसैगरी डांगिहाट, बेलवारी नगरपालिका, मोरङमा उच्च कोटीको धान सफा गर्ने, सुकाउने र भण्डारण गर्ने प्रविधि एवं त्यसपछि वर्षै भरी धानलाई  उच्च कोटीको प्रविधिबाट बफाउने र कुटाउने आधुनिक चामल मिलको .स्थापना भएको एयरले जनाएको छ।

आरजु राईस  मिल प्रालिको हाल क्षमता ४ मेट्रिकटन प्रति घण्टा धान कुट्न सक्छ, साथै प्रतिघण्टा १० मेट्रिकटन धान सुकाउन सक्ने क्षमता भएको दाबी गरेको छ।  

मिलले चैते धानमा करिब १ सय देखि १ सय ५० विघामा किसानहरूसँग करारमार्फत काम गरिरहेको समेत जनाएको छ। अबको बर्खे धान करिब ११ हजार मेट्रिक टन चाहिने शर्त बमोजिमको शर्तनामामा किसानहरूसँग धान किन्ने लक्ष्य लिएको जनाएको छ। सोहीअनुसार धानको खरिद मूल्य धान लगाउनभन्दा अगाडि नै तोकेको मिलले जनाएको छ।


प्रकाशित : सोमबार, चैत २१ २०७८०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend