बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मनोवैज्ञानिक बिन्दुमै अड्कियो नेप्से, प्राविधिक विश्लेषणले के भन्छ?

सोमबार, चैत २१ २०७८
मनोवैज्ञानिक बिन्दुमै अड्कियो नेप्से, प्राविधिक विश्लेषणले के भन्छ?

सेयर भाऊ अहिले निकै सस्तिएको अवस्था छ भने घटेको बजारमा प्रवेश गर्न लगानीकर्ता डराइरहेका छन्। 

काठमाडौं- पछिल्लो हप्तादेखि सेयर बजारलाई लगानीकर्ताले मनोवैज्ञानिक बिन्दु बनाउँदै आएका छन्। अघिल्लो ९ कारोबारसम्म नेप्से परिसूचक २६ सयलाई नै आधारबिन्दु बनाइरहेको थियो। त्यसपछि पुनः घटको नेप्से सूचक २५ सयको आधार बिन्दुमा रहेको छ। 

मनोवैज्ञानिक बिन्दु लगानीकर्ताको आधारबिन्दु हो। आधारबिन्दुुबाट बजार खस्न पनि सक्छ, उकालो लाग्न पनि सक्छ। ब्रोकर सुरेश विडारी भन्छन्, ‘आधारबिन्दुबाट बजार खसेपछि उकालो लाग्न समय लाग्छ, जब आधारबिन्दुबाट बजार उकालो लाग्छ बजारले थारै करेक्सन लिँदै अघि बढ्छ त्यतिबेला बजार खस्ने जोखिम कम हुन्छ।’

९ वटा कारोबारसम्म २६ सयको मनोवैज्ञानिक बिन्दुुमा रहेको नेप्से सूचक एक सय अंकले घटेर २५ सयको आधारबिन्दुमा थामिने प्रयासमा छ। नेप्सेमा आएको गिरावटले कारोबार रकम निकै सुुस्त बनेको छ। एक अर्बमाथि कारोबार रकम उकालो लागेको छैन। सेयर भाऊ अहिले निकै सस्तिएको अवस्थामा छ भने घटेको बजारमा प्रवेश गर्न लगानीकर्ताहरु डराइरहेका छन्। 

चुुनाव लक्षित बजारमा लगानीकर्ताहरु निकै जोखिम मोलिरहेका छन्। बजार बढ्ने आधार नहु्ँदा बजार बढ्ने सम्भवना कम देखिन्छ। बैंकको वित्तीय विवरणहरु सार्वजनिक हुने समय आएको छ तर यसपटक बैंकहरु आफै संकटको सामाना गरिरहेका छन्। फेरि चैत मसमान्तमा  लगानीकर्ताहरु ब्याज तिर्नुपर्ने थप दबाबमा रहेकाले पनि बजारमा पैसाको फ्लो कम भएको अनुुमान केही लगानीकर्ताहरुको देखिन्छ।

बैशाखबाट चुुनावको प्रचार प्रसार निकै हुुन्छ,त्यो अवस्थामा पैसा केही बढी परिचालन हुन्छ। त्यही पैसाकाका कारणले बजार बढ्ने संम्भवना रहेको लगानीकर्ताहरु बताउँछन्।  बजार निरन्तर घटिरहेको छ, प्यानिक बनेका लगानीकर्ताहरु मनोवैज्ञानिक रुपमा पनि  तयार हुने छन्। जसका कारण आगामि यात्रा  केही  सुधार  हुने अपेक्षा  लगानीकर्ताहरुले राखेका छन्।

मनोवैज्ञानिक बिन्दुुमा बनेको मैनबत्ती ( कालो– सेतो )

तल प्रस्तुत गरिएको  मैनबत्तीको पछिल्लो फागुन १८ गतेदेखि  चैत २० गतेसम्म बनेको मनोवैज्ञानि तहको  मैनबत्ती सूचक हो। नेप्से सूचक उच्चतम बिन्दुु २६ सयको  बिन्दुबाट माथि जान नसकेर ठुुलो  मैनबत्ती बन्न पुगेको छ। त्यसपछि निरन्तर अर्को सानो छाँया मनबैत्तीले सहयोग  गरेको छ भने  बीचमा बजारमा खरिद चाप देखिँदा सेतो मैनबत्ती बन्न पुगेको छ।

यतिबेला नेप्सले नाफा बुकगर्ने केही कम्पनीहरु केन्द्रियबैंकले ब्याजदर नबढाउने घोषणा गरेपछि देखिएको सूचकबाट बनेको मैनबत्तीको रेखा हो। 

main bati.PNG


प्रकाशित : सोमबार, चैत २१ २०७८०४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend