काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देश पठाइदिने भन्दै ३२ लाख ३८ हजार रूपैयाँ ठगेको अभियोगमा चारजना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका-१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका-३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका-३ का ४१ वर्षीय जयमंगलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका-३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मंगलबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट ५ लाख, जयमंगलले ब्रुनाई पठाइदिने भनेर एक जनाबाट ४ लाख ३८ हजार तथा मीनाले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने नाममा एक जनाबाट ६ लाख रूपैयाँ ठगेका थिए। रासस