काठमाडौं- लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदकमध्येबाट आठ जनाको नाम छनोट सूचीमा समावेश गरेको छ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार 'सर्टलिस्ट'मा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
सर्टलिस्टमा सुमनमानसिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल रहेका छन्।
प्रस्तुतीकरण र अन्तर्वार्तापछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।