मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

२५० मेट्रिक टन रासायनिक मल विराटनगर आइपुग्यो, थप मल रक्सौलतर्फ आउँदै

मंगलबार, साउन ५ २०८३
२५० मेट्रिक टन रासायनिक मल विराटनगर आइपुग्यो, थप मल रक्सौलतर्फ आउँदै

सरकारी गोदाममा ७४ हजार ४८.१ मेट्रिक टन रासायनिक मल मौज्दात छ। त्यसमा ३८ हजार १६७.०५ मेट्रिक टन युरिया, १७ हजार ८३६.९५ मेट्रिक टन डीएपी र १८ हजार ४४.१ मेट्रिक टन पोटास रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौं- सरकारले रासायनिक मल आपूर्ति निरन्तर गरिरहेको जनाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार बुधबार २५० मेट्रिक टन डीएपी मल बोकेको रेल विराटनगर भन्सार आइपुगेको छ।

मन्त्रालयका अनुसार थप १ हजार २५० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल र्याक बिहीबार बिहान रक्सौल आइपुग्नेछ। त्यसपछि कोलकाताबाट २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ।

३० हजार मेट्रिक टन युरिया मलको ढुवानी प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसका लागि ३४ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टन मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार हालसम्म कुल ५ लाख ६१ हजार ४९३.८५ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ। यसमध्ये ३ लाख २७ हजार ५७९.८ मेट्रिक टन युरिया, २ लाख ३ हजार ४२६.३ मेट्रिक टन डीएपी र ३० हजार ४८७.७५ मेट्रिक टन पोटास रहेको छ।

हाल सरकारी गोदाममा ७४ हजार ४८.१ मेट्रिक टन रासायनिक मल मौज्दात छ। त्यसमा ३८ हजार १६७.०५ मेट्रिक टन युरिया, १७ हजार ८३६.९५ मेट्रिक टन डीएपी र १८ हजार ४४.१ मेट्रिक टन पोटास रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ३८ हजार ४३६.४ मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको छ। बिक्री भएको मलमध्ये ३ लाख १९ हजार १५५.८५ मेट्रिक टन युरिया, १ लाख ९९ हजार ५६०.०५ मेट्रिक टन डीएपी र १९ हजार ७२०.५ मेट्रिक टन पोटास रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।


प्रकाशित : मंगलबार, साउन ५ २०८३१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend