मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता, सरोकारवालासँग छलफल गर्दै

सोमबार, साउन ४ २०८३
पुँजी बजार सुधारमा प्रधानमन्त्री शाहको सक्रियता, सरोकारवालासँग छलफल गर्दै

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, नीतिगत सुधारका प्रयासलगायतका विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ।

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्ने भएका छन्।

सोमबार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलमा बोलाइएको छ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालाहरूसँग छलफल हुनेछ।

छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलगायत सहभागी हुँदैछन्।


प्रकाशित : सोमबार, साउन ४ २०८३११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend