बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

निफ्राको सेयर मूल्य लगातार घट्दो, खरिद गर्नेका लागि सस्तोमा किन्ने अवसर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
निफ्राको सेयर मूल्य लगातार घट्दो, खरिद गर्नेका लागि सस्तोमा किन्ने अवसर

काठमाडौं- उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सेयर मूल्य बढ्न सकेको छैन।

लगातार घटिरहेको निफ्राको सेयर मूल्य साताको पहिलो दिन आइतबार पनि प्रतिकित्ता ६.८० रुपैयाँले घटेर ३२४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। विश्लेषकहरूले अहिले समग्र बजार घटिरहेकोले निफ्रामा असर गरे पनि बढ्न थालेपछि निफ्राको सेयर मूल्य उच्च अंकमा जाने अनुमान गरेका छन्। 

nifra 1.PNG


दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ६२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २६८ रुपैयाँमा आइपुगेको थियो। जुन रकम ६३ प्रतिशतले कमी हो। विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। 

लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचिकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। 

त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण आइतबारसम्म घटेर ७० अर्ब १३ करोड रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोड सम्म पुगेको थियो। 


प्रकाशित : आइतबार, चैत २० २०७८१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend