मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

सोमबार, साउन ४ २०८३
घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

घरजग्गा कारोबारबाट आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व संकलन भएको छ। यो उक्त आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो।

काठमाडौं- घरजग्गा कारोबारबाट आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व संकलन भएको छ। यो उक्त आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्षभरि सबैभन्दा बढी राजस्व असारमै उठेको हो। साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागु हुने भएपछि असारभरि कारोबार उल्लेख्य रूपमा बढेको र त्यसको प्रत्यक्ष प्रभाव राजस्व सङ्कलनमा परेको देखिएको छ।

विभागका अनुसार वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व उठेको थियो, जुन आर्थिक वर्षको दोस्रो उच्च मासिक संकलन हो। चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ र पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व संकलन भएको थियो।

माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ, मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

आर्थिक वर्षको सुरुआती महिनाहरूमा भने कारोबार अपेक्षाकृत सुस्त देखिएको थियो। साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ, भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँ, असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ तथा कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : सोमबार, साउन ४ २०८३०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend