मंगलबार, असोज १ गते २०८१    
images
images

बुद्ध एयरले बैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको सिधा उडान गर्ने

images
आइतबार, चैत २० २०७८
images
images
बुद्ध एयरले बैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको सिधा उडान गर्ने

उक्त रुटमा उडान नियमित हुने छ। दैनिक १ बजेर २५ मिनेटमा पोखराबाट उडान गर्ने र भद्रपुरबाट ३ बजे पोखराका लागि उडान गर्ने छ।

images
images

काठमाडौं (चैत, २०) - निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भद्रपुरबाट पोखरा उडान गर्ने भएको छ। बुद्धले बैशाख २ गतेबाट भद्रपुर-पोखरा सिधा उडान गर्न लागको हो। एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ।

images
images
images

उक्त रुटमा उडान नियमित हुने छ। दैनिक १ बजेर २५ मिनेटमा पोखराबाट उडान गर्ने र भद्रपुरबाट ३ बजे पोखराका लागि उडान गर्ने छ।

भद्रपुर-पोखरा उडानबाट गण्डकी प्रदेश र एक नम्बर प्रदेशका नागरिक बाहेक सिमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने एयरलाइन्सको भनाइ छ। सीमापारिबाट आएका पर्यटकहरु भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्ने एयरलाइन्सले जनाएको छ।

भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन्। 

images

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ। भद्रपुर-पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको एयरले जनाएको छ।

बुद्ध एयर काठमाडौं बाहेक पोखरबाट देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले गर्दै आएको छ।  यसअघि नै बुद्ध एयरले पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान गर्दै आएको छ।  
बुद्ध एयरसँग ७२ सिटे एटीआर-७२ जहाज ११ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन्।


प्रकाशित : आइतबार, चैत २० २०७८१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend