बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावको मुखमै सेयर बजारले बियरिस ट्रेण्ड समात्यो, चुनावी प्रभाव हट्न लागेको हो?

आइतबार, चैत २० २०७८
चुनावको मुखमै सेयर बजारले बियरिस ट्रेण्ड समात्यो, चुनावी प्रभाव हट्न लागेको हो?

काठमाडौं- सेयर बजारमा निरन्तर गिरावट आएपछि साना लगानीकर्ता आत्तिन थालेका छन्। बजारले यससाता पनि स्पष्ट दिशा समाउन नसक्दा बजार भाउ निकै सस्तो बन्न पुगेको छ। लगानीकर्ताहरू बजार प्रवेश गर्न चाहेका छैनन् भने सस्तो मूल्यको सेयर बेच्न पनि हतारिएका छैनन्।

लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहनु, बैंकमा तरलता अभाव हुनु, थोरै बजार बढ्दा बिक्रेता हाबी हुनुले बजार अघि बढ्न नसकेको लगानीकर्ताहरू बताउँछन्। 

बजार घट्दा साना लगानीकर्ताहरू सबैभन्दा बढी प्रभावित हुन्छन् भने ठूला लगानीकर्ताहरू बजार घटाएर सस्तो मूल्यमा सेयर किन्ने, निश्चित समय आएपछि बढाउने परिपाटी पुरानो बन्दै गएको एक लगानीकर्ता बताउँछन्। उनी भन्छन् ‘बजार  घटाउने, सस्तो मूल्यमा किनेर महँगो बेच्ने, केही लगानीकर्ताहरूको हातमा बजार रहेकाले यसको गतिबारे यसै भन्न सक्ने अवस्था छैन।’

हुन पनि अहिले लगानीकर्ताहरूले पाउनु पर्ने सेयर कर्जा पाउन सकेका छैनन्। चुनावको मुखमा बजार बढ्ने भन्दै लगानी गरेका साना लगानीकर्ता यतिबेला निकै आत्तिएका छन्। अर्का एक लगानीकर्ता भन्छन्,‘ लगानीकर्ता पर्ख र हेरकै अवस्था छन्, मार्केटमा पैसाको फ्लो कम छ, बैशाखभन्दा यता बजार २६ सयमाथि जान सक्ने अवस्था छैन।’

कारोबार रकम एकपछि अर्को गिरावट

सेयर बजार लगानीकर्ताहरूको मापक परिसूचक सेयर कारोबार रकम पनि हो। यसले पनि लगानीकर्ताहरू बजारप्रति उत्साहित छैनन् भन्ने संकेत गरेको छ। कारोबार रकममा एकपछि अर्को गिरावट आइरहेको छ। पछिल्लो चार महिनापछि कम कारोबारको अवस्थामा आइपुगेको छ।  

साताको पहिलो दिन समग्र नेप्से मात्रै होइन कारोकार रकममै उच्च गिरावट आएको छ। यसले लगानीकर्ताहरू उपयुक्त बजारको पखाईमा देखिने प्रयासमा देखिएको छ। सम्रग अर्थतन्त्र समस्यामा रहेको भन्ने हल्ला बजारमा चलेको छ। यसले पनि लगानीकर्ता लगानी गर्न डराइरहेका छन्।

आइतबार ३०.८९ अंकले घटेर बजार २५१३.४१ बिन्दुमा झरेको छ। जहाँ कारोबार रकमसमेत १ अर्ब ४६ करोड रूपैयाँमात्र देखिन्छ।

बैंकको वित्तीय विवरणहरू सार्वजनिक हुने क्रम अब विस्तारै सुरु हुने छ। चुनाव नजिकिँदै गएका पुँजीगत खर्चको अबस्था बढ्ने छ। यसले आगामी दिनमा बजार बढ्न सक्ने आधारहरू पनि विस्तारै जम्मा भएका छन्। पछिल्लो समय नेप्से बेरियस मुमेन्टमा देखिन्छ। नेप्सेले ठूलाठूला रातो मैनबत्ती बनाएको छ।

दैनिक तथा साप्ताहिक दुवै नेप्से परिसूचक कायम समर्थन ट्रेन्डलाइनभन्दा तल प्रवेश गरेको देखिन्छ। यो निराशावादी संकेत हो। तथापि, ब्रेकआउट कुनै निष्कर्ष निकाल्नेगरी निर्णायक भएको छैन र त्यसपछिको केही व्यापारिक सत्रहरूले सम्भाव्य प्रवृत्तिबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्न सक्छन्। गत साता पनि बजारमा ६८.९४ अंकको गिरावट आएको थियो। साताभरको कारोबारमा एक दिन बुधबार बजार बढ्दा बाँकी दिन भने घटेको थियो।  

साताको अन्तिम कारोबारको दिन बिहीबार बजारमा २३.९५ अंकको गिरावट आएको थियो। बिहीबार २३.९५ अंकले घटेर बजार २५४४.३० बिन्दुमा झरेको थियो। बिहीबार पनि १ अर्ब ८९ करोड रूपैयाँको मात्र कारोबार भएको थियो। 


प्रकाशित : आइतबार, चैत २० २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend