शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पाथीभरा जाँदा लालिगुराँसको स्वागत

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २० २०७८
images
पाथीभरा जाँदा लालिगुराँसको स्वागत
images
images

काठमाडौं- फराकिलो पदमार्ग। पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस। फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी। ती चराको आवाजले सङ्गीतमय यात्रा। यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो।

images
images
images

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिएको छ। निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेवित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ।

images
images

लालीगुराँसले यतिबेला पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन बनाएको छ। फागुनको अन्त्यतिर कोपिला लाग्न सुरु हुने लालीगुराँस माघदेखि नै फुल्न थालेको छ। मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीले बताएका छन्। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ।

images
images

पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुलेपछि  तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो।

नवरात्रको समयमा पाथीभरा क्षेत्रमा पूजा पाठ गर्ने समय र यसै समय प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। गत शनिबार मात्र ६ हजार ८ सय ७७ तीर्थयात्री दर्शन पाथीभरा क्षेत्रमा पुगेको थियो। आइतबार ३ हजार ८ सय तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेका छन्।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा  पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन्।

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन्। रासस


प्रकाशित : आइतबार, चैत २० २०७८०७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend