बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सुनिल पौडेल दुई मुद्दामा दोषी ठहर- १२ करोड अकुत आम्दानी, भारतीय नागरिकसँग मिलेतर भ्रष्टाचार गरेको ठहर

बुधबार, असार ३१ २०८३
सुनिल पौडेल दुई मुद्दामा दोषी ठहर- १२ करोड अकुत आम्दानी, भारतीय नागरिकसँग मिलेतर भ्रष्टाचार गरेको ठहर

नेपाल टेलिकमका निवर्तमान प्रबन्ध निर्देशक पौडेल सुचना प्रविधि केन्द्रमा हुँदा मिलेमतोमा ठेक्का दिएको र सो बापत घुस लिएको प्रमाण भ‍ेटिएपछि अख्तियारले पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

काठमाडौं- एकैदिन दुई मुद्दामा सुनिल पौडेल दोषी ठहर भएका छन्। भ्रष्टाचार तथा अनियमितताम सम्बन्धि अभियोगमा अख्तियारले दायर गरेका दुई मुद्दामा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको हो। 

पौडेलले सरकारी नियुक्ति लिएर १२ करोड ७५ लाख ७० हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको पाइएको छ। गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा परेको मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै बिगो, जरिवाना तथा कैद सजाय निर्धारण गरेको छ। 

पौडल सूचना प्रविधि केन्द्र तथा नेपाल टेलिकमा कार्यरत रहँदा गरेको वैध आम्दानी अन्य व्यावसायिक आम्दानीभन्दा बाहिर पनि अरु आम्दानी गरी विदेशी बैंकमा मौजदात राखेको पाइएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले सुनुवाई गर्दै अवैध आर्जन १२ करोड र त्यसबाट थप आर्थित सम्पत्ति तथा रकम जफत गरी १२ करोड ७५ लाख ७० हजार जरिवाना हुने ठहर अदालतले गरेको छ। 

त्यस्तै उनलाई २ वर्ष ६ महिना कैद सजाय हुने ठहर अदालतले गरेको छ। 

त्यस्तै अर्को अभियोगमा सूचना प्रविधि केन्द्रमा हुँदा खरिमा अनियमितता गरेको अभियोगमा पनि पौडेलसँगै एक भारतीय पनि दोषी ठहर भएका छन्। नेपाल टेलिकमका निवर्तमान प्रबन्ध निर्देशक पौडेल सुचना प्रविधि केन्द्रमा हुँदा मिलेमतोमा ठेक्का दिएको र सो बापत घुस लिएको प्रमाण भ‍ेटिएपछि अख्तियारले पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

 

घुसको लेनदेन अमेरिकन कम्पनी एफफाइभका प्रतिनिधि  भारतीय नागरिक दिपक आनन्दसँग गरेको पाइएपछि दुई जनालाई दोषी ठहर गरेको छ। यो मुद्दामा बिगोस्वरुप रकमको ठेगना नखुलेका कारण बिगो भने कायम नहुने तथा फौजदारी कार्यविधि अनुसार सजाय निर्धारण हुन बाँकी छ। 


प्रकाशित : बुधबार, असार ३१ २०८३०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend