बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कारोबार सुरु भएको सातापछि बढ्न थाल्यो जाल्पा लघुवित्तको सेयर मूल्य, कतिसम्म पुग्ला?

आइतबार, चैत २० २०७८
कारोबार सुरु भएको सातापछि बढ्न थाल्यो जाल्पा लघुवित्तको सेयर मूल्य, कतिसम्म पुग्ला?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार सुरु भएको एक सातापछि बल्ल सेयर मूल्य बढ्न थालेको छ। दुई साता अगाडि नै कम्पनीको १६ लाख कित्ता सेयर सूचीकृत भएको थियो।

यो साताको पहिलो दिन आइतबार नै प्रतिकित्ता कारोबार सुरु भएको डेढ घन्टामा प्रतिकित्ता १५ रुपैयाँ बढेको छ। कारोबार नै हुन नसकेको कम्पनीको सेयर मूल्य आइतबार भने ४.०१ प्रतिशतले बढेको छ। 

जाल्पाको ३७४ रूपैयाँमा कारोबार सुरु भएको थियो। आइतबार ३८९.१० रूपैयाँमा प्रतिकित्ता कारोबार भएको छ। जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो। 


प्रकाशित : आइतबार, चैत २० २०७८०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend