मंगलबार, असोज १ गते २०८१    
images
images
नयाँ हवाई प्रवेश बिन्दु

६ वर्षदेखिको भ्रमण एजेन्डा, कार्यान्वयनमा सधैँ भारतको अडचन

images
शनिबार, चैत १९ २०७८
images
images
६ वर्षदेखिको भ्रमण एजेन्डा, कार्यान्वयनमा सधैँ भारतको अडचन
images
images

काठमाडौं- नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा सधैँ उठ्ने विषय हो- नयाँ हवाई प्रवेश बिन्दु।

images
images
images

नयाँ हवाई प्रवेश बिन्दुमा पनि महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुर। दुईपक्षीय भ्रमणमा भारतीय पक्षले हवाई प्रवेश बिन्दुमा आफूहरू सकारात्मक भएको बताउँछन्। तर भ्रमणपछि दुई देशका नागरिक उड्डयन निकायबीचको छलफलमा नयाँ हवाई प्रवेश बिन्दुको विषय निर्णयमा पुग्न सक्दैन।

फेरि एकपटक शुक्रबार भारत भ्रमणका पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुर हवाई प्रवेश बिन्दुको विषय उठान गरेका छन्।

नयाँ हवाई प्रवेश बिन्दुको कुरा उठेको पनि ५ वर्ष भइसकेको छ। तर भारतीय पक्षले महेन्द्रनगर, नेपालगञ्ज र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फबाट हवाई प्रवेश बिन्दु दिन आलटाल गर्दै आएको छ।

images

भारतीय पक्षले पूर्वी नेपालको सीमा क्षेत्रबाट सहजै हवाई प्रवेश बिन्दु दिन सहमत भएपछि पश्चिम तथा सुदूरपश्चिमको सीमाबाट हवाई प्रवेश दिन सुरक्षाको विषय उठान गर्दै आएरहेको छ।

पहिलो पटक २०७५ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणको प्राविधिक टोलीबीच भएको छलफलमा नेपाललाई महेन्द्रनगर र नेपालगञ्जबाट नयाँ प्रवेश बिन्दु दिने विषय सहमति भएको थियो। उक्त छलफलमा भारतीय पक्षले काठमाडौं-विराटनगर, काठमाडौं-जनकपुर, काठमाडौं-जनकपुर-पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिनेगरी सहमति गरेका थिए। 

केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपालमा भएको छलफलमा उक्त सहमति भएको थियो। तर सहमति भएको केही महिनापछि नै भारतीय पक्षले पश्चिम नेपालबाट नयाँ हवाई प्रवेश बिन्दु नदिने विषय तत्कालीन समयमा नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो। 

पछि भारतीय पक्षले जनकपुर र भैरहवाबाट हवाई प्रवेश बिन्दु मात्रै दिने विषय नेपाललाई जानकारी गराएको थियो। 

२०७४ फागुनमा केपी ओली नेतृत्वको सरकार, त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो विषय उठिरहेको थियो। 

२०७५ फागुनपछि त भारतीय पक्षले भैरहवा प्रवेश बिन्दुमा समेत अड्चन थाप्दै आएको छ। नेपालीपक्षले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई सहज हुने गरी विमानस्थलको पश्चिमबाट हवाई रुट माग गरेपनि उसले पूर्वतर्फ नै जोड दिँदै आएको छ।

जुन विषय अहिलेसम्म पनि टुंगिएको छैन। पछिल्लो समय भारतीय पक्षले भैरहवाबाट हवाई प्रवेश बिन्दु दिँदा पनि २१ हजार फिट माथिबाट मात्रै दिने बताउँदै आएको छ। २१ हजार फिटमाट हवाई प्रवेश बिन्दु पाउनु र अहिलेको सिमरा प्रवेश बिन्दुबाट जहाज प्रवेश गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणका लागि जान कुनै फरक पर्दैन।

फेरि अहिले देउवाले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष नयाँ हवाई प्रवेश बिन्दुको विषय उठाएका छन्।

नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने अवस्था थियो, जसका कारण सिमरामा हवाई ट्राफिक बढ्दो थियो।

जनकपुर र विराटनगर बिन्दुमा सहमति भए पनि नेपालगञ्ज बिन्दुबारे सहमति हुन सकेको छैन। महेन्द्रनगरबाट पनि साना र क्रसर बोर्ड फ्लाई गर्न सकिने गरी मात्रै हवाई प्रवेश बिन्दु दिने विषयमा भारत सहमत भएको छ।

नेपालगन्ज प्रवेश बिन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले नेपालगन्ज प्रवेश बिन्दु दिन त्यस क्षेत्रमा आर्मी बेस क्याम्प रहेको भन्दै आलटाल गर्दै आएको थियो।

नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा उपयुक्त नेपालगन्ज प्रवेश बिन्दु हो।

अहिले नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। यसैगरी पश्चिमबाट आउने जहाज दिल्ली, हुँदै गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्।

नेपालमा पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छन्। यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्ने छ।  नेपालगन्ज प्रवेश बिन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो ट्राफिक जाम कम हुन्छ। नेपालगन्जबाट इन्ट्री पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै-विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्ने सकिने हुन्छ। 

महेन्द्रनगरबाट बढी उचाइमा जहाज प्रवेश गर्ने पाएको अवस्थामा पश्चिम तथा युरोपबाट आउने जहाज सिधै नेपाल प्रवेश गर्न सक्छनर  यही रुट हुँदै नेपालबाट हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ। यसबाट नेपाली आकाश प्रयोग गरेबापत नेपाललाई पनि केही आम्दानी हुन्छ। अहिले पश्चिम र युरोपबाट आउने जहाज भारतीय आकाश फन्को मार्दै पूर्व जाने गरेका छन्। चीनको ल्हासा जाने विमान जुन बाटो भएर आएका छन्, त्यही बाटो भएर जाने गरेका छन्।

सिमरा बिन्दुको तुलनामा नेपालगन्ज प्रवेश बिन्दुबाट काठमाडौं आउँदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ।


प्रकाशित : शनिबार, चैत १९ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend