मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनआईसी एसिया बैंकद्वारा भक्तपुरस्थितबाल विनायक आधारभूत विद्यालयमा सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
एनआईसी एसिया बैंकद्वारा भक्तपुरस्थितबाल विनायक आधारभूत विद्यालयमा सहयोग

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट, भक्तपुरस्थित श्री बाल विनायक आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कप्युटर प्रदान गरेको छ।

हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा एक विशेष कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष नार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्तरुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सूचना प्रविधी क्षेत्रमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।    


प्रकाशित : मंगलबार, असार २३ २०८३१४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend