सोमबार, मंसिर १७ गते २०८१    
images
images

नेपालको बिजुली खरिद गर्न भारत सहमत

images
शनिबार, चैत १९ २०७८
images
images
नेपालको बिजुली खरिद गर्न भारत सहमत
images
images

काठमाडौं- नेपालबाट बिजुली खरिद गर्न भारतीय पक्ष सहमत भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिजुली खरिद बिक्रीमा सहमति भएको हो।

images
images
images

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका छन्। शनिबार दुई प्रधानमन्त्रीबीच भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट बिजुली खरिद गर्ने प्रतिवद्धता दिएको छ।

images

‘ऊर्जा क्षेत्रमा हुने साझेदारीबाट हामीले धेरै लाभ लिन सक्छौँ,’ मोदीले भने।

images

दुई देशीय साझेदारीबाट दक्षिण एसियाली क्षेत्रको विकास र समृद्धि सम्भव भएको बताउँदै मोदीले नेपालमा उत्पादित बिजुली अहिले पनि खरिद गरिरहेको र भविष्यमा पनि आवश्यकता अनु्सार खरिद गर्दै जाने बताए। ‘अझै पनि नेपालबाट बिजुली खरिदका लागि सम्झौता हुँदैछ, हाम्रो पावर भिजन स्टेटमेन्टले यसमा धेरै दिशानिर्देश गर्ने छ,’ मोदीले भने। आगामी दिनमा सहयोग हुने विश्वास समेत मोदीले गरेका छन्। 

ऊर्जा क्षेत्रमा भएको साझेदारीअनुसार भारतले नेपालबाट बिजुली खरिद गर्न तयार भएको प्रधानमन्त्री देउवाले बताए। ‘यसका लागि म प्रधानमन्त्री मोदीजीलाई धन्यबाद दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।   

दुई साताअगाडि सचिवस्तरीय बैठकमा नेपालबाट ८५० मेगावाट बिजुली खरिद गर्न भारत तयार भइसकेको थियो। दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको गएको बिहीबारको बैठकमा भारतपक्ष नेपालको ८५० मेगावाट बिजुली खरिद गर्न सहमत भएको थियो।

भारतले खासगरी भारतीय लगानी र ठेकेदार कम्पनीबाट निर्माण भएका आयोजनाका मात्रै बिजुली खरिद गर्ने बताउँदै आएको छ। बैठकमा सहमति दिए पनि नेपालले भने झैँ सबै आयोजनाका बिजुली भारतले किन्नेमा भने आशंका रहेको छ। 

बैठकमा नेपालले माथिल्लो तामाकोसीसहित विभिन्न आठवटा आयोजनाको विद्युत किन्न प्रस्ताव गरेको थियो। नेपालमा खेर जाने बिजुली खरिद गर्न भारत तयार भइसकेको छ। भारतले यसअघि दुई आयोजना गण्डक र त्रिशुलीको कुल ३९ मेगावाट विद्युत खरिद गरेको थियो।

भारतको सरकारी स्वामित्वको सतलज विद्युत् निगमले सङ्खुवासभामा कूल ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सो आयोजनाको हालसम्म भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा पुगेको छ। 

दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि भेटमा मोदीले व्यक्त गरेका छन्। 


प्रकाशित : शनिबार, चैत १९ २०७८०९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend