मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

मौद्रिक नीतिको वार्षिक समीक्षा : बजार शिथिल हुँदा कर्जा प्रवाह लक्ष्यअनुसार भएन

मंगलबार, असार २३ २०८३
मौद्रिक नीतिको वार्षिक समीक्षा : बजार शिथिल हुँदा कर्जा प्रवाह लक्ष्यअनुसार भएन

रेमिट्यान्सबाट रकम आउने र बैंकिङ प्रणालीम थुप्रिएपनि कर्जा बढ्न नसक्दा मौद्रिक क्षेत्रमा अधिक तरलताको दबाब कायमै रहेको बैंकको विश्लेषण छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नियामकीय लक्ष्य तथा घोषणाको कार्यान्वयन भएपनि वृहत अर्थतन्त्रसँग जोडिएका लक्ष्य पूरा नभएको उलेलेख गरेको छ। 

विशेषगरी मुलुकको वित्तीय क्षेत्र अधिक तरलताको ट्र्यापमा फस्दै गएको विषयलाई सम्बोधन गर्नका लागि विभिन्न अन्य सहयोगी व्यवस्था घोषणा गरिएपनि सोअनुसारको लक्ष्य पूरा भएको छैन। 

चालु वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा १२ प्रतिशतले बढाउने लक्ष्य लिएकोमा १० महिनासम्म जम्मा ६.५ प्रतिशतमा सीमित रहेको छ। 

असोजको बाढी पहिरो, भदौको आन्दोलनका कारण निजी क्षेत्रको कमजोर मनोबल, निर्माण क्षेत्रको शिथिलता तथा घरजग्गाको कारोबार पनि सीमित हुँदा कर्जाको माग बढ्न नसकेको राषट्र बैंकको विश्लेषण छ। 

रेमिट्यान्सबाट रकम आउने र बैंकिङ प्रणालीम थुप्रिएपनि कर्जा बढ्न नसक्दा मौद्रिक क्षेत्रमा अधिक तरलताको दबाब कायमै रहेको बैंकको विश्लेषण छ।

प्रकाशित : मंगलबार, असार २३ २०८३११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend