मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुविधाजनक प्रतिबद्ध टिम बनाउँदै अर्थमन्त्री, राजस्व र भन्सार विभागमा नयाँ महानिर्देशक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
सुविधाजनक प्रतिबद्ध टिम बनाउँदै अर्थमन्त्री, राजस्व र भन्सार विभागमा नयाँ महानिर्देशक

यसअघि भन्सारको निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेय र आन्तरिक राजस्व विभागका रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन्।

काठमाडौं- नयाँ आर्थिक वर्षसँगै बजेट घोषणा गरेका सुधारका कार्यक्रम तथा लक्ष्य पूरा गर्नका लागि प्रतिबद्ध प्रशासनिक टिम बनाउने तयारीमा अर्थमन्त्री जुटेका छन्। यसैक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रशासनका दुई विभागमा नयाँ प्रमुख तोकेका छन्।

आन्तरिक राजस्व विभागमा डा भिष्मकुरामा भुसाल महानिर्देशक बनेका छन्। हक्की प्रशासकका रुपमा चिनिएका भुसाल पछिल्लो समय भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थिए। पीएमओबाट अर्थ जानेवतित्तिकै भुसाल विभागको महानिर्देशक भएका हुन्। 

सुशासन र सुपरीवेक्षणमा जोड दिंदै आएको सरकार र पछिल्लो समय राजस्व अनुसन्धान विभाग खारेज हुनेभएपछि अनुसन्धान पनि विभागबाटै हुने भएपछि प्राविधिकमात्र भन्दा पनि प्रशासकीय नेतृत्व गर्नसक्ने भुसाललाई अर्थमन्त्रीले रोजेका हुन्। 

भुसाल राजस्व संकलनभन्दा पनि चुहावटद नियन्त्रण, अनुसन्धान तथा सुशासनको जिम्मेवारी बोकेर विभाग गएका छन्। 

त्यस्तै भन्सार विभागमा भने यमलाल भुसाल दोस्रोपटक महानिर्देश भएका छन्। यसअघि २०७७ सालतिरै छोटो समय विभागको महानिर्देशक भइसकेका यमलाल भुसाल दोस्रोपटक महानिर्देशक बनेक हुन्। 

यसअघि भन्सारको निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेय र आन्तरिक राजस्व विभागका रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन्। 


प्रकाशित : मंगलबार, असार २३ २०८३०५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend