सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २२ २०८३
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घट्यो

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

रसुवा- लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा उल्लेख्य कमी आएको छ।

पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन र संरक्षणलाई सँगसँगै अघि बढाउने रणनीतिमा जोड दिएको छ।

निकुञ्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा करिब ५६ हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा भने हालसम्म ५० हजार ३६० पर्यटक निकुञ्ज पुगेका छन्। तीमध्ये ३९ हजार ११ जना आन्तरिक, सार्क राष्ट्रका ७८८ जना र अन्य मुलुकका १० हजार ५६१ जना रहेका छन्।

पर्यटक आगमन घटेसँगै राजस्व संकलनमा पनि असर परेको छ। गत आर्थिक वर्षमा पाँच करोड ७७ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा हालसम्म चार करोड २८ लाख २२ हजार ७५६ रुपैयाँमात्र संकलन भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

नेपालको प्रमुख हिमाली पर्यटकीय गन्तव्य तथा धार्मिक तीर्थस्थल गोसाइँकुण्ड र लाङ्टाङ क्षेत्रले हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

पर्यटनबाट प्राप्त राजस्वले निकुञ्ज संरक्षण, जैविक विविधताको व्यवस्थापन तथा स्थानीय समुदायको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। रासस


प्रकाशित : सोमबार, असार २२ २०८३११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend