आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २१ २०८३
३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो।

अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा ६ जनाबाट २३ लाख रुपैयाँ असुलेका थिए। दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ।

यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। 


प्रकाशित : आइतबार, असार २१ २०८३१४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend