आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

बैंक सुरक्षित मात्रै होइन, उद्योग चलायमान बनाउने मौद्रिक नीति चाहिन्छ : सांसद विदुषी राणा

आइतबार, असार २१ २०८३
बैंक सुरक्षित मात्रै होइन, उद्योग चलायमान बनाउने मौद्रिक नीति चाहिन्छ : सांसद विदुषी राणा

छलफलमा पूर्व गभर्नरहरू, नेपाल बैंकर्स एसोसिएसन, सीबीफिन, एफएनसीसीआई, सीएनआई तथा वित्तीय क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य सांसद विदुषी राणाले आगामी मौद्रिक नीति वित्तीय प्रणालीलाई सुरक्षित राख्ने मात्र नभई अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा लगानी र रोजगारी विस्तारमा केन्द्रित हुनुपर्ने बताएकी छन्।

अर्थ समितिले आगामी मौद्रिक नीतिबारे सुझाव संकलन गर्न आयोजना गरेको छलफलमा बोल्दै राणाले नेपालको बैंकिङ प्रणाली स्थायित्वमा सीमित नभई उत्पादन, उद्योग र आर्थिक गतिविधि विस्तारको माध्यम बन्नुपर्ने धारणा राखिन्।

छलफलमा पूर्व गभर्नरहरू, नेपाल बैंकर्स एसोसिएसन, सीबीफिन, एफएनसीसीआई, सीएनआई तथा वित्तीय क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।

राणाले 'हामीलाई केवल सुरक्षित बैंकहरू मात्र होइन, चलायमान उद्योग, रोजगारी पाएका युवा र बढ्दो अर्थतन्त्र पनि चाहिएको छ' भन्दै आगामी मौद्रिक नीति थप उदार, निजी क्षेत्रमैत्री तथा कर्जा प्रवाहलाई सहज बनाउने खालको हुनुपर्ने सुझाव दिइन्।

उनले अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन बैंक तथा वित्तीय संस्थाबाट उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने आवश्यकता औंल्याउँदै लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर मौद्रिक नीति तर्जुमा गर्न आग्रह गरिन्।

सांसद राणाले नियमन वित्तीय क्षेत्रका लागि अपरिहार्य भए पनि अत्यधिक नियमनले आर्थिक गतिविधिलाई संकुचित बनाउन सक्ने चेतावनी दिँदै वित्तीय स्थायित्व र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने नीति आवश्यक रहेको बताइन्।

उनले 'नियमन गरौँ, तर घाँटी निचोर्ने गरी होइन' भन्ने सन्देश दिँदै अबको मौद्रिक नीति आर्थिक वृद्धिमुखी, उदार र लगानी, रोजगारी तथा आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने ढंगले ल्याउनुपर्नेमा जोड दिइन्।


प्रकाशित : आइतबार, असार २१ २०८३१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend