सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

दक्षिण अफ्रिकामा रहेको निसानको कार प्लान्ट चिनियाँ सवारी उत्पादक 'चेरी'ले लियो

सोमबार, असार २२ २०८३
दक्षिण अफ्रिकामा रहेको निसानको कार प्लान्ट चिनियाँ सवारी उत्पादक 'चेरी'ले लियो

चेरीले खरिद गरेको निसानको प्लान्टमा नयाँ प्रविधि र मेसिनरीहरू थप्न तथा पूर्वाधार सुधारका लागि लाखौँ डलर लगानी गर्ने बताएको छ। उक्त प्लान्टबाट सन् २०२७ को मध्यदेखि व्यावसायिक रूपमा गाडी उत्पादन सुरु चेरी अटोले जनाएको छ।

काठमाडौं- चीनको अग्रणी अटोमोबाइल उत्पादक कम्पनी 'चेरी अटो'ले दक्षिण अफ्रिकामा रहेको निसानको कार उत्पादन प्लान खरिद गरेको छ। दक्षिण अफ्रिकाको रोसलिनमा रहेको जापानी कार उत्पादक कम्पनी निसानको उत्पादन प्लान्ट औपचारिक रूपमा खरिद गरेको छ। 

गएको जनवरीमा भएको सम्झौता अनुसार चेरीले शुक्रबार (जुलाई ३, २०२६) उक्त प्लान्ट हस्तान्तरण प्रक्रिया पूरा गरेको रोयटर्सले लेखेको छ। घरेलु बजारमा बढ्दो प्रतिस्पर्धा र अत्यधिक उत्पादन क्षमताका कारण चिनियाँ कार निर्माताहरूले विश्वव्यापी रूपमा आफ्नो बजार र उत्पादन विस्तारमा आक्रामक रुपमा लागि रहेका छन्। 

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति र बिक्री बढाउने रणनीति अन्तर्गत नै चेरीले दक्षिण अफ्रिकालाई आफ्नो अफ्रिकी महादेशीय 'हब' बनाउन खोजेको छ। अफ्रिकी क्षेत्रमा हुने उत्पादन, निर्यात, अनुसन्धान र विकास केन्द्र  बनाउने घोषणा गरेको चेरी ग्रुपले निसानको दक्षिण अप्रिकी प्लान्ट खरिद गरेको हो। 

चेरीले खरिद गरेको निसानको प्लान्टमा नयाँ प्रविधि र मेसिनरीहरू थप्न तथा पूर्वाधार सुधारका लागि लाखौँ डलर लगानी गर्ने बताएको छ। उक्त प्लान्टबाट सन् २०२७ को मध्यदेखि व्यावसायिक रूपमा गाडी उत्पादन सुरु चेरी अटोले जनाएको छ। 

सुरुवाती चरणमा यस कारखानाबाट जेटोर टी-सिरिज, जेइको जे ५, र चेरी टिगो ४ जस्ता चर्चित एसयूभी मोडलहरू उत्पादन हुनेछ। यसमध्ये 'जाइकु जे ५' मोडल आईसीई र न्यु इनर्जी भेहिकल दुवै संस्करणमा उत्पादन गरिने कम्पनीले जनाएको छ।

जापानी बहुराष्ट्रिय कम्पनी निसानले ६० वर्षभन्दा लामो समयदेखि दक्षिण अफ्रिकामा गाडी उत्पादन गर्दै आएको थियो। यद्यपि कम्पनीले दक्षिण अफ्रिकामा आफ्नो उत्पादन बन्द गरे पनि गाडीहरूको आयात र ग्राहक सेवालाई भने निरन्तरता दिने स्पष्ट पारेको छ।

३ हजार नयाँ रोजगारी सिर्जना हुने

चेरी अटो ग्रुपका अनुसार हाल उक्त प्लानमा ६ सय ९२ जना कर्मचारीहरू कार्यरत थिए। कम्पनीले यी सबै कर्मचारीको रोजगारी सुरक्षित राखिने जनाएको छ। उद्योगको स्तरोन्नतिसँगै उत्पादन, आपूर्ति शृङ्खला र अन्य सम्बन्धित सेवाहरूमा गरी करिब ३ हजार नयाँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना हुने चेरी अटोका उपाध्यक्ष चार्ली झाङले जानकारी दिएको रोयटर्सले लेखेको छ। 

प्पान्ट उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष झाङले भने, 'हाम्रो दीर्घकालीन लक्ष्य रोसलिन प्लान्टलाई अनुसन्धान र विकास, तालिम र अटो पार्ट्सको आपूर्ति सहितको पूर्ण अटो सेन्टरमा रूपान्तरण गर्नु हो, जसले दक्षिण अफ्रिकामा हाम्रो उपस्थितिलाई मजबुत बनाउँदै वार्षिक १ लाखभन्दा बढी गाडी बिक्री गर्ने लक्ष्यलाई सघाउनेछ।'

चेरी ग्रुपअन्तर्गत चेरी जेइको तथा ‌ओमोडा आईकार जेटोरलगायत ब्रान्डमा कार उत्पादन हुँदै आएको छ। चेरी पछिल्लो दुई दशकदेखि चीनबाट सबैभन्दा धेरै कार निर्यात गर्ने कम्पनी हो। चेरी आईसीई इन्जिन कारसँगै विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता राखेको छ। 


प्रकाशित : सोमबार, असार २२ २०८३१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend