काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६ सय ५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुुन प्रतितोला २ लाख ९० हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको ४ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १ सय ७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।