सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

आर्थिक संकटविरूद्ध प्रदर्शन बढ्दै गएपछि श्रीलंकामा संकटकाल घोषणा

images
बिजनेस न्युज
images
images
आर्थिक संकटविरूद्ध प्रदर्शन बढ्दै गएपछि  श्रीलंकामा संकटकाल घोषणा

अवस्था खराब हुँदै गएपछि जनताले सरकारविरुद्ध प्रदर्शन सुरू गरेका छन्।

images
images

काठमाडौं- श्रीलंकामा संकटकाल लागेको छ। समान्य नागरिकले अत्यावश्यक वस्तु पाउन छाडेर दैनिकी ठप्प भएपछि जनताले प्रदर्शन सुरू गरेका छन्। 

images
images
images

शुक्रबार राष्ट्रपति कार्यालय बाहिर जनताले प्रदर्शन गरेका थिए। उनीहरूले वर्तमान सरकारको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन्। 

images

दैनिकी सहज बनाउन माग गर्दै सुरू भएको प्रदर्शन सरकारको राजिनामा माग्नेसम्म पुगेको छ। राजिनामा माग्दै निषेधित क्षेत्र पार गर्दै प्रदर्शनकारी राष्ट्रपति कार्यालय तर्फअघि बढेका थिए। प्रदर्शकारीलाई रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो। 

images

कयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका थिए। अवस्था गम्भीर हुँदै गएपछि गएरातिदेखि प्रशानले कोलोम्बोमा संकटकाल लागू गरेको छ। 

images
images

दक्षिण एसियाकै राम्रो आर्थिक अवस्था भएको श्रीलंकाको अवस्था खराब भएको कोरोना महामारी सुरू भएपछि हो। पर्यटन र चिया निर्यातमा बलियो पकड भएको श्रीलंकाको आर्थिक अवस्था कोरोना महामारी सुरु भएको एक वर्षपछि खलबलिएको थियो। 

विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन र चियाको निर्यात कोरोनासँगै एकैपटक प्राभवित भयो। कोरोना अघि नै रसायनिक मलमाथिको प्रतिबन्धले चियाको उत्पादन प्रभावित भएको थियो। त्यसैमाथि कोरोना सुरू भएपछि लगभग सबै माध्यम प्रभावित भए। 

विदेशी मुद्राको स्रोत ठप्प भएको तर ठूलो विदेशी ऋणको किस्ता भुक्तानी गर्नुपर्ने दायित्व बोकेको मुलुकका लागि बाह्य क्षेत्रको सन्तुलन चुनौतिपूर्ण बन्यो। यही अवस्थामा सन् २०२० को मे मा श्रीलंकाले आयातमा कडाइ गरेको थियो। अत्यावश्यक बाहेकका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि हुने विदेशी मुद्राको बचतबाट ऋण तिर्ने आश गरिएको थियो। 

तर अहिलेको अवस्थामा पुग्दा श्रीलंकासँग साढे दुई अर्बमात्र विदेशी मुद्रा बचत छ भने ५१ अर्ब डलर विदेशी ऋण छ। 

विदेशी मुद्राको सञ्चितिमा कमी हुँदै गएपछि श्रीलंकामा अत्यावस्यक वस्तुको आपूर्ति नै हुन सकेन। पेट्रोल डिजेलको आयात पर्याप्त भएको छैन। उर्जा संकटका कारण दैनिक १७ घण्टासम्म लोडसेडिङ भएको छ भने पेट्रोल डिजेलका लागि तछाडमछाड भएको थियो। मूल्यवृद्धि आकाशिएपछि सर्वसधारको दैनकी कठिन भएको छ। 

'मेरो आर्थिक अवस्था सब ठिकठाक छ। मसँग पैसाको कमी छैन। तर मेरो पैसाले म आवश्यक वस्तु खरिद गर्नसक्ने अवस्थामा छैन। मेरो घरमा खाना पकाउने ग्यास सकिएको छ तर म किन्न सक्दीन। यो एउटा भयानक अन्धकार समय हो। हाम्रा शासकले हामीलाई नमारी हत्या गर्दैछन्' श्रीलंका एक प्रदर्शनकारीले भनेका छन्। 

अवस्था खराब हुँदै गएपछि जनताले सरकारविरुद्ध प्रदर्शन सुरू गरेका छन्।

images

प्रकाशित : शनिबार, चैत १९ २०७८०४:५१
प्रतिक्रिया दिनुहोस