शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

विदेशी पर्यटक बढे

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २० २०८३
विदेशी पर्यटक बढे

नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तारलगायतका कारणले विदेशी पर्यटक आगमन बढेको हो।

काठमाडौं- नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ। नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो। 

बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कुल छ लाख २० हजार ४५३ नेपाल आएका छन्। 

नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तारलगायतका कारणले विदेशी पर्यटक आगमन बढेको हो। 

बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरी एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मे मा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ पर्यटक नेपाल आएका छन्। 


प्रकाशित : शनिबार, असार २० २०८३१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend