शनिबार, असार २० गते २०८३    
शनिबार, असार २० २०८३

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असार २० २०८३
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
फाइल तस्बिर

ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख चार हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं- पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। 

ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख चार हजार १४ रुपैयाँ राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  संकेत बत्ती उल्लंघनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो। 

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कुल दुई हजार जनालाई कारबाही गरिएको हो। रासस


प्रकाशित : शनिबार, असार २० २०८३१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend