बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एक वर्षयताकै सस्तो हुँदै नबिल बैंकको सेयर मूल्य, लगानीकर्ताका लागि खरिदको अवसर

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १९ २०७८
एक वर्षयताकै सस्तो हुँदै नबिल बैंकको सेयर मूल्य, लगानीकर्ताका लागि खरिदको अवसर

काठमाडौं- महँगो भएको नबिल बैंकको सेयर मूल्य एक वर्षयताकै सस्तो हुँदैछ। कुनै बेला सेयर लगानीकर्तालाई किन्न महंगो हुँदै गएको नबिल बैंकको सेयर मूल्य एक वर्षयताकै सस्तो हुन लागेको छ।

लाभांश घोषण पछि नै घटेको नबिलको बैंकको सेयर साताको अन्तिम दिन बिहीबार पनि प्रतिकित्ता ४ रुपैयाँ घटेर १००२ रुपैयाँमा कारोबार भएको थियो। जबकी बैंकको सेयर मूल्य केही महिना अगाडि मात्रै प्रतिकित्ता १७४० रुपैयाँसम्म पुगेको थियो। 

nabil 1.png

नबिल बैंकको सेयर मूल्य पछिल्लो समय घटिरहेको छ। सेयर लगानीकर्ताहरूका लागि नबिल बैंकको सेयर अन्य बैंकको तुलनामा सबैभन्दा राम्रो मानिँदै आएको छ। थोरै पैसा भए पनि सेयरमा राम्रो बुझेका लगानीकर्ताहरूले पहिलो बैंकको सेयर किन्दा विशेषगरी नबिल बैंकको सेयर किन्नमा बढी रुचि राख्ने गर्दछन्।

कम्पनीले राम्रो बोनस दिनसक्ने, हरेक वर्ष नाफामा गएको, सबैभन्दा बढी पुँजी भएको साथै वित्तीय क्षेत्रमा बढी लगानी बढाएका कारणले पनि नबिल बैंकमा लगानीकर्ताको आकर्षण अझ पछिल्लो समय उच्च रहेको छ।

नबिलले आर्थिक वर्ष २०७७/०७८ को मुनाफापछि ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। लाभांश पारित भएर मंगलबार नेप्सेमा बोनस सेयर सूचीकृत भइसकेको छ। सेयरधनीलाई बैंकले ३३ दशमलव ६ प्रतिशत सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। 

लाभांभ दिने समयमा मूल्य समायोजन हुँदा ९८५ रुपैयाँमा भएको थियो। 

बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। जसका कारण पनि अझै आक्रामक रुपमा अघि बढ्ने देखिन्छ। लाभांश दिने क्षमता अझै बढाउँदै छ। 


प्रकाशित : शनिबार, चैत १९ २०७८०१:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend