शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images
नेपाल भारतमैत्री पशुपति धर्मशाला

पर्यटन मन्त्री आलेको निर्देशनमा गैर कानूनीरूपमा होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गर्दै नाथमलाई दिने कोष परिषदको निर्णय

images
शुक्रबार, चैत १८ २०७८
images
पर्यटन मन्त्री आलेको निर्देशनमा गैर कानूनीरूपमा  होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गर्दै नाथमलाई दिने कोष परिषदको निर्णय
images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषदले नेपाल-भारत मेत्री पशुपति धर्मशाला सञ्चालन गरिरहेको बतास समूह अन्तर्गतको आनन्द होटल प्रालिसँगको २ पक्ष (दीर्घकालिन बहाल करार) सम्झौता रद्द गर्ने निर्णय गरेको तथ्य खुलास भएको छ।

images
images
images

परिषदको चैत १४ गते सोमबार बसेको बैठकले सम्झौता अनुसार धर्मशाला सञ्चालन नभएको र स्पष्टीकरण सोध्दा समेत जवाफ नदिएको भन्दै दुई पक्षीय सम्झौता रद्द एवं भंग गर्ने निर्णय गरेको छ। परिषदको बैठकले  चैत १७ गते जानकारी पत्र बुझाउँदै साेही दिनबाट आनन्द होटलले सञ्चालन गर्न नपाउने निर्णय गरेको हो।

images
images

सम्झाैता भंग गर्ने निर्णयसँगै धर्मशाला सञ्चालनमा कुनै अवरोध हुन नदिने र निरन्तर सेवाका लागि नेपाल पर्यटन तथा  होटल व्यवस्थापन (नाथम)मार्फत व्यवस्थापन एवं सञ्चालन सम्बन्धित प्राविधिक शर्त सम्झौता तत्काल गरी कार्य सुरु गर्न र धर्मशाला सम्बन्धित सबै नीतिगत निर्णयहरु लगायतका व्यवस्थापनको  सम्पूर्ण कार्य गर्न समिति समेत गठन गरिएको  छ।

images
images

बिजनेश न्यूजलाई प्राप्त निर्णय कपीमा कोष सञ्चालन परिषदका सदस्य सचिव डाक्टर मिलन थापाको  संयोजकत्वमा नेपाल भारतमैत्री  पशुपति धर्मशाला व्यवस्थापन एवं सञ्चालन उपसमिति गठन गर्ने निर्णय भएको छ। उपसमितिमा संयोजक बाहेका परिषदका अन्य  ४ जना सदस्य र कोषका निर्देशकलाई सदस्य सचिवको भुमिका दिइएको छ।

सोही निर्णय अनुसार कोषले बिहीबार होटल आनन्द प्रालिलाई पत्र धमाउँदै सिल गर्न खोजको थियो। तर आनन्द होटलले यो विषय अदालतमा रहेको भन्दै पत्र बुझको थिएन। होटलले पत्र नबुझेपनि कोषका कर्मचारीले बतास समूहका अध्यक्ष आनन्त बतासलाई फोन गरेर कोष सञ्चालन परिषदको बैठकको निर्णय बुझ्न आग्रह गरेको थिए। तर कोष स्रोतका अनुसार उनीले पत्र बुझ्न नमानेपछि स्थानीय निकाय मार्फत  धर्मशाला सिल गर्ने प्रयास भएको थियो।

उक्त धर्मशाला  रहेको काठमाडौं महानगरको स्थानीय तहले समेत उक्त विषय अदालतमा रहेको र २१ गते २ पक्षलाई नै छलफल बोलाएको आदेश आएका कारण सिल गर्नका सहयोग नगर्ने बताएपछि कोषका कर्मचारी राती धर्मशालाबाट फर्किएका थिए। कोषका कर्मचारीले ३ बजेदेखि धर्मशालामा सिल गर्ने प्रयास राती १० बजेसम्म गरेका थिए। यो धर्मशाला २०७६ वैशाख देखि बतास समुहको आनन्द होटल प्रालिले गर्दै आएको छ।

यस्तो छ निर्णय कपी 


प्रकाशित : शुक्रबार, चैत १८ २०७८१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend