बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

नेप्से परिसूचक ४४ अंकले बढ्यो, ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार

बुधबार, असार १७ २०८३
नेप्से परिसूचक ४४ अंकले बढ्यो, ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार

आज नेप्सेमा २ सय ५२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १७  कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ६२ कम्पनीको ९४ लाख ४७ हजार ६ सय ७८ कित्ता सेयर ५६ हजार ८ सय ५० पटक किनबेच भएको छ। आज ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- पछिल्ला सात कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज भने बढेर बन्द भएको छ।

साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से २४.६३ अंकले घटेर बन्द भएको थियो।

आज नेप्सेमा २ सय ५२ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १७  कम्पनीको सेयर मूल्य घटेको छ। ३ सय ६२ कम्पनीको ९४ लाख ४७ हजार ६ सय ७८ कित्ता सेयर ५६ हजार ८ सय ५० पटक किनबेच भएको छ। आज ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँको कारोबार भएको छ।

आज स्नो रिभर्स लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको २८ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै २.६० प्रतिशतले बढेको छ।

बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ उपसमूहको सेयर १ प्रतिशत भन्दा धेरै बढेको छ।

प्रकाशित : बुधबार, असार १७ २०८३१५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend