बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आकर्षक बन्दै सूर्य लाइफ इन्स्योरेन्स : कस्तो रहला दोस्रो बजारको यात्रा? यस्तो छ कम्पनी विश्लेषण

शुक्रबार, चैत १८ २०७८
आकर्षक बन्दै सूर्य लाइफ इन्स्योरेन्स : कस्तो रहला दोस्रो बजारको यात्रा? यस्तो छ कम्पनी विश्लेषण

काठमाडौं- सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरुका लागि उदाउँदै गरेको एउटा कम्पनी हो। हालै मात्र कम्पनीहरुको चुक्तापुँजी बढाउनका बीमा समितिले निर्देशन दिएपछि कम्पनीको चुक्तापुँजी बढ्ने हरुका लागि लगानीको क्षेत्रमा विस्तारहुँदै छ। कम्पनीको चुक्तापुँजी दुई अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

बिहीबारसम्म कम्पनीको बजार पुँजीकरण १८ अर्बभन्दा माथि रहेको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक समीक्षाबाट २३ करोड माथि नाफा आर्जन गरेको छ भने कम्पनीको खुद नाफा १५ करोड ६६ लाख रुपैयाँ रहेको छ। 

कम्पनीले आर्थिक वर्षको स्थापनाकालदेखि नै लाभांश प्रस्ताव गर्दै आइरहेको छ। कम्पनीले हालसम्म ७७ प्रतिशतभन्दा बढी लाभांश लगानीकर्ताहरुलाई दिएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले नाफापछि लगानीकर्तालाई १२ दशमलव ७ प्रतिशत बोनस सेयर दिएको थियो।

कम्पनीले हकप्रद सेयर १० बराबरको ७ अनुपातका दरले दिएको हो। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ रहको छ। त्यस्तै प्रतिसेयर नेटवर्थद १३३.४२ रुपैयाँ रहेको छ। 

कम्पनीको नयाँ बीमा योजनाहरु दायरा बढाउने गरि काम गरिरहेको छ। हाल कम्पनीको सेयर मूल्य ७ सय ३६ रुपैयाँ पुगेको छ। यसैगरी कम्पनीको सेयर मूल्य ५२ हप्ताअघि कम्पनीको न्यूनतम ६ सय ५ रुपैयाँ रहेको थियो भने उच्चतम् बिन्दुु १ हजार ९० पुगेको थियो। कम्पनीको सेयर मूल्य अहिले ५२ हप्ताको न्यूनतम बिन्दुबाट माथि पुगिसकेको छ। कम्पनीको विश्लेष्ण हेर्दा कम्पनीको सेयर मूल्य बुलिस अबस्थामा रहेको छ।

यस्तो छ कम्पनीको प्राविधिक विश्लेषण

कम्पनीको पछिल्लो ४० दिनको मुभिङबाट हेर्दा नेप्से विस्तारै बेरियस मुमेन्टबाट बुलिसतर्फ अघि बढेको देखिन्छ। जसमा लगानीकर्ताहरु खरिद ट्रेन्डमा हाबी भएका छन्।

surye 1.PNG

कालो रातो मैनबत्तीबाट कम्पनीको सेयर साना साना छायाँ आकारको अर्को सेतो मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु कम्पनीको आकर्षण देखिएको छ। पछिल्लो ४० दिनमा नेप्से सात सयभन्दा माथिको मुभमेन्टबाट फेरि तल झरेको देखिएको छ। यसले बजारमा पछिल्लो समय खरिदकर्ता सक्रिय हुुँदै गएको बजारमा चाप बढेको देखिएको छ।

आरएसआई : ओभरबट जोन (७१ स्केल)मा छ। खरीद चाप बढेकोे छ। स्ट्याण्डर्ड डेभिएशन ४३ दशमलव ३२ बिन्दुमा छ। यसले उतारचढाव उच्च रहेको देखाउँछ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन्। हालको मूल्य २१ दिने रेखा, ७ दिने रेखा र ट्रेन्ड लाइनभन्दा माथि रहेको छ। हालको बिन्दुबाट मूल्य सस्तिएमा ८ सय ६७ रुपैयाँमा टेवा पाउन सक्छ।


प्रकाशित : शुक्रबार, चैत १८ २०७८०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend