आइतबार, वैशाख ३० गते २०८१    
images
images

बढ्दो क्रममै रहेको सेयर बजारमा किन आत्तिए लगानीकर्ता?

images
images
images
बढ्दो क्रममै रहेको सेयर बजारमा किन आत्तिए लगानीकर्ता?

सेयर बजार बुलिस ट्रेण्डको माथिल्लो बिन्दुमा रहेको छ। अझै केही समय बजार बढ्दो क्रममै रहने विश्लेषकहरूले बताउँदै आइरहेका छन्।

images
images

काठमाडौं- सेयर बजार बुलिस ट्रेण्डको माथिल्लो बिन्दुमा रहेको छ। अझै केही समय बजार बढ्दो क्रममै रहने विश्लेषकहरूले बताउँदै आइरहेका छन्। प्राविधिक तथा सैद्धान्तिक विश्लेषकहरूले बजार सुधार हुने धेरै आधारहरू बताउँदै गर्दा गएको एक महिना सेयर बजारमा ठूलो गिरावट देखियो।

images
images
images

यस अवधिमा झण्डै ४०० अंकले बजार घटेको छ। कतिपयले यसलाई सेयर खरिद गर्ने उचित मौकाको रुपमा लिए भने कतिपयले बजार अझै तल झर्ने विश्लेषण गरिरहेका छन्। लगानीकर्ताको मनोवल उच्च रहँदा रहँदै पनि गएको एक साता पेनिक सेल भयो। अर्थात घाटामै सेयर बिक्री गरेर ‘स्टप लस’ गर्ने लगानीकर्ता बढे।

images

लगातारको गिरावटले लगानीकर्ता सबैभन्दा धेरै आत्तिएका छन्। यस अवधिमा नयाँ लगानीकर्ताले सेयर बिक्री गरेर हातमा पैसा लिएर बसेका छन्। जसले गर्दा गएको सातामा कारोबार रकम धेरै नै तल झर्‍यो। मौद्रिक नीतिको भेउ पाउनेहरू गत साउन अन्तिम सातामै सेयर बिक्री गरेर बसेका थिए। उनिहरू सेयर बजारमा सबैभन्दा तल्लो बिन्दु कुरेर बसिरहेका छन्। सेयर बिक्री गरेकाले अझै पनि आफ्नो पैसा अन्यत्र लगानी गरिसकेका छैनन्। कोभिड १९ का कारण थिलिएको अर्थतन्त्र यति छिटै बग्रिनेवाला छैन ताकी तत्काल लगानी डाइभर्ट होस्।

images

मौद्रिक नीति कारक बने पनि बजारमा करेक्सन आवश्यक थियो। एकोहोरो सुधारिएको सेयर बजारमा कुनै पनि समयमा ठूलो करेक्सन हुने निश्चित थियो। यो करेक्सनमा नेपाल राष्ट्र बैंककले ठूला लगानीकर्ताले लिने सेयरधितो कर्जालाई कडाइ गर्ने नीति नै प्रयाप्त भयो। यसै शिलशिलामा सेयर बजारलाई असर गर्ने केही नकारात्मक समाचारले राम्रो काम गर्‍यो।

images
images

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सिसिडी रेसियो खारेज गरी सिडी रेसियोलाई मात्रै कार्यान्वयन गर्दा बैंक तथा वित्तीय संस्थाको अर्बौ रुपैयाँको तरलता गायव भयो। जसले गर्दा बैंकहरूले निक्षेपको व्याजदर बढाउन थाले। तरलता अभाव हुन सक्ने आँकलन गर्दै निक्षेपको व्याजदर दोहोरो अंकमा आह्वान गर्न थालेसँगै सेयर बजार तरङ्गित भयो। व्याजदर तल झर्दा सेयर बजार उकालो लाग्ने र व्याजदर बढ्दा सेयर बजार घट्ने विगतको इतिहासले लगानीकर्तालाई सशकिङ्त बनायो।

अर्को कारण बन्यो राजनीतिक अन्योलता। सरकारले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन। सँगसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने बनेको विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकार सार्वजनिक खर्च गर्न नपाउने अवस्थामा पुगेको छ। यसले पनि गएको साता सेयर बजार घटाउन सबैभन्दा ठूलो भूमिका खेल्यो।

अब के होला ?

बजार अझै पनि बढ्दो क्रममै छ। वियरिस ट्रेण्डमा प्रवेश गरेको छैन। अहिलेको ४ सय अंकको करेक्सनमा ठूला लगानीकर्ता दाउ पर्खेर बसिरहेका छन्। जसले सेयर बिक्री गरेर बसेका थिए उनिहरूले गत बिहीबार ९ अर्बको सेयर खरिद गरेका छन्। अघिल्ला दिनमा ४/५ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा बिहीबार एकै पटक ९ अर्बभन्दा धेरैले कारोबार हुनुलाई सकारात्मक संकेतको रुपमा लिन सकिन्छ।

राजनीतिक अन्योलता अझै पनि मेटिन सकेको छैन। प्रतिनिधिसभाको बैठक असोज ४ गतेका लागि बोलाइएको छ। यसअघिको अध्यादेश पारित नभएको र प्रतिस्थापन विधेयक पनि पारित नहुँदा अहिले निष्क्रिय अवस्थामा छ। यस्तोमा सरकारले असोज ४ गते पेश्की खर्च विधेयक लिएर पारित गराउन सक्छ। गत साता सरकारले खर्च गर्न नपाउने विषयले असर गरेकोमा यस साता सरकारले खर्च गर्न पाउने सकारात्मक समाचारले सेयर बजारलाई सपोर्ट गर्न सक्ने विश्लेषकहरू बताउँछन्।

बैंकहरूले निक्षेपको व्याजदर बढाए पनि कर्जाको व्याजदर बढाएका छैनन्। दसैँ तिहारमा एक चरणको पैसा बाहिरिन्छ। यसले पनि बैंकिङ क्षेत्रमा तरलता बढ्ने छ। मंसिर पुसदेखि मात्रै कर्जा प्रवाह बढ्ने छ। कर्जाको अनुपातमा निक्षेप पनि बढ्यो भने तरतलामा धेरै असर पर्ने छैन। तर कर्जाको अत्याधिक माग भयो भने व्याजदर दोहोरो अंकमा पुग्ने निश्चित छ। तर अहिले नै कर्जाको व्याजदर नबढ्ने विश्लेषणले अल्पकालिन लगानीकर्तालाई मद्दत गर्ने छ।

गत बिहीबारदेखि लगानीकर्ता आमरण अनसनमा बसेका छन्। बजारमा ४०० अंकभन्दा धेरैको गिरावटपछि उनीहरूले आमरण अनसन नै बस्ने अवस्थामा पुगेका हुन्। अर्थमन्त्री र गभर्नरको बर्खास्तको माग राख्दै उनीहरू आमरण अनसनमा बसेका हुन्। अर्थमन्त्री र गभर्नरले लगानीकर्तालाई सम्वोधन गर्नु पर्न बाध्यताले पनि बजारलाई केही हदसम्म सपोर्ट गर्ने देखिन्छ।

अस्थिर मनस्थितिका लगानीकर्ता हाबी हुँदा सानो सकारात्मक समाचारले उचालिने र सानो नकारात्मक समाचारले तल झर्ने प्रवृत्तीले सोझा साझा लगानीकर्ता फस्ने डर धेरै हुन्छ। जसरी बाठा लगानीकर्ता मौद्रिक नीति अगाडि नै बाहिरिएर बसेका थिए भोलिका दिनमा पनि ठूला लगानीकर्ताले त्यसरी नै खेलाउने छन्।

images

प्रकाशित : आइतबार, असोज ३ २०७८०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend