सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

गाडी नै नआई कागजकै भरमा विद्युतीय सवारी जाँचपासमा शंकास्पद भूमिका देखिएपछि महानिर्देशक भण्डारी अर्थ मन्त्रालय तानिए

सोमबार, असार १५ २०८३
गाडी नै नआई कागजकै भरमा विद्युतीय सवारी जाँचपासमा शंकास्पद भूमिका देखिएपछि महानिर्देशक भण्डारी अर्थ मन्त्रालय तानिए

बजेटअघि रसुवा भन्सारबाट गाडी नआई कागजमै भरमा विद्युतीय गाडीको जाँचपास भएको भन्दै १३ जना कर्मचारी निलम्बन गर्दा आफू निकट एकजना कर्मचारीलाई बचाउन खोजेको तथा उक्त प्रकरणमा शंकास्पद भूमिका देखिएपछि भन्सार विभागका महानिर्देशक रेहका श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ।

काठमाडौं- बजेटअघि रसुवा भन्सारबाट गाडी नआई कागजमै भरमा विद्युतीय गाडीको जाँचपास भएको भन्दै १३ जना कर्मचारी निलम्बन गर्दा आफू निकट एकजना कर्मचारीलाई बचाउन खोजेको तथा उक्त प्रकरणमा शंकास्पद भूमिका देखिएपछि भन्सार विभागका महानिर्देशक रेहका श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ। 

भन्सारको महानिर्देशकबाट भण्डारीलाई तानेर अर्थको जगेडामा राखिएको छ। उनको ठाउँमा भन्सारको वरिष्ठ उपमहानिर्देशक भरत पाण्डेलाई निमित्त दिइएको छ।

अर्थ मन्त्रालय निकट स्रोतका अनुसार भण्डारी आफैले उक्त प्रकरणको अनुसन्धानको नेतृत्व गरेको र कर्मचारीलाई निलम्बनको सिफारिस गर्दा एकजनालाई बचाएको रिपोर्टिङ भएपछि भण्डारीलाई विभागबाट तानिएको हो। 

‘त्यतिमात्र होइन समग्र भन्सार जाँचपास प्रकरणमा उहाँको गतिविधि शंकाको घेरामा पर्‍यो। क्रस अनुसन्धान समिति बनेको र त्यो समितिकै कतिपय सदस्यले उहाँको बारेमा रिपोर्टिङ गरेको पनि पाइयो त्यही भएर अहिलेका लागि तानिएको हो’ मन्त्रालय निकट स्रोतले भन्यो।

बजेटअघि रसुवा भन्सार कार्यालयबाट साइमेक्स इन्कले आयात गरेका बीवाइडीसहित चार ब्रान्डका सवारीसाधन कागजी रूपमा मात्रै जाँचपास गरिएको प्रकरणमा भन्सार विभागले अनुसन्धान गरी सम्बन्धित कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो।


प्रकाशित : सोमबार, असार १५ २०८३१९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend