काठमाडौं- बुुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई असोज ११ गतेबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले खरीद गर्न पाउने छन्। अंकित मूल्य १०० रुपैयाँको सेयर असोज १४ गतेसम्म भर्न पाइने छ।
कम्पनीले ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अर्को १६ हजार कित्ता कर्मचारीलाई दिइने छ। बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले खरीद गर्न पाउने छन्।
कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४.९९ मेगावाट छन्। यसको प्रति मेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ छ।