काठमाडौं- उच्च अदालत पाटनले रक इन्टर नेश्नल र ह्वापी आवरको क्यासिनो सञ्चालनको इजाजाजत रद्द गर्ने निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेश जारी गरेको हो।
पर्यटन विभागको चैत १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबाट निर्णय भएको भन्दै सूचना प्रकाशन गरेको थियो।
विभागले लामो समयदेखि क्यासिनो सञ्चालनहरूले राज्यलाई तिर्नुपर्ने रकम नतिरको भन्दै क्यासिनो सञ्चालनको अनुमतिपत्र रद्द गर्दै क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय भएको जनाएको थियो।
यसैगरी एचएसएलले बैंकमा राखेको धरौटीबाट १४ करोड २० लाख रुपैयाँसमेत सिज गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।