काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ।
आज सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय र एक तोला चाँदीको मोल ४ हजार १ सय ८० रुपैयाँ निर्धारण भएको छ।
हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ७८ हजार ३ सय र त्यति नै परिमाणको चाँदी ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
गत बुधबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार ५ सय र चाँदी ४ हजार ४ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

